झापा।
नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ ।
ममतामयी माता सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा काठमाडौंस्थित निवासमा आज विहान ११ बजे निधन भएको हो ।
स्व. सोमादेवीका एक मात्र छोरा शिव गाउँले हुन् । कोइरालाको आजै पशुपति आर्यघाटमा दिउँसो दाहसंस्कार गरिँदै छ।