बिर्तामोड र मेचीनगरमा पातञ्जल योग समिति

0
1280

बिर्तामोड ।

पातञ्जल योग समिति नेपाल जिल्ला कार्य समिति झापाले संगठन विस्तारमा तीव्रता दिएको छ । यसैक्रममा कमल मिश्रको अध्यक्षतामा पातञ्जल योग समिति विर्तामोड गठन गरिएको छ ।

समितिको उपाध्यक्ष राजकुमार राजवंशी , सचिव भरत भट्टराई, कोषाध्यक्ष नमिता रिजाल रहेका छन् । त्यस्तै सदस्यहरुमा वचन विश्वकर्मा, मोहन शिवाकोटी , दिलिप गोश्वामी, देव संग्रौला , हर्क श्रेष्ठ रहेका छन् ।

संस्थाका प्रदेश नंंं १ का उपाध्यक्ष तथा जिल्ला इञ्चार्ज केशवकुमार ताम्राकार , जिल्ला उपाध्यक्ष श्यामकुमार ल्वागुन ,प्रदेश नं.१ का सदस्य भास्कर निरौला , जिल्ला सदस्य उर्मिला ढकाल पोखरेलले नवगठित समितिलाई शुभकामना दिएका थिए ।

त्यसैगरी टेकेन्द्र ढकालको अध्यक्षतामा पातञ्जल योग समिति मेचीनगर गठन गरिएको छ । समितिको उपाध्यक्ष नन्दकुमार पोखरेल , सचिव रमेशकुमार दाहाल , कोषाध्यक्ष पवित्रा दाहाल रहेका छन् ।

समितिका सदस्यहरुमा कुसुम दाहाल , राधा प्रधान कार्की, सुनिता शर्मा, तिलोत्तमा धिमाल , लेखनाथ निरौला , अनिता गुरागाईं, प्रकाश ढुंगाना, पासाङ्ग तामाङ, गायत्री पौडेल , रेखा पराजुली , गीता सिटौला , कोपिला दाहाल , राजन भट्टराई रहेका छन् ।

पातञ्जल योग समिति नेपाल प्रदेश नंं.१ का अध्यक्ष तथा केन्द्रीय सदस्य गंगाप्रसाद ढकाल , प्रदेश नंंं १ का उपाध्यक्ष तथा जिल्ला इञ्चार्ज केशवकुमार ताम्राकार , प्रदेश सदस्य अनिता गुरागाईं, जिल्ला अध्यक्ष शिवराम खतिवडा, जिल्ला उपाध्यक्ष श्यामकुमार ल्वागुनलगायतले नवगठित समितिलाई शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here