कोरोना कहर : सुनसान कांकरभिट्टा अध्यागमन

0
1150

झापा।

कुनै समय अध्यागमन कार्यालय काँकरभिट्टाका कर्मचारीलाई विदेशी पर्यटकलाई भिजा दिन भ्याई नभ्याई हुन्थ्यो । विभिन्न देशका नागरिक नेपाल प्रवेश गर्न र नेपालबाट अन्य देश जान भिजा प्रक्रियाका लागि अध्यागमन कार्यालयमा भीड नै लाग्ने गरेको थियो ।

पर्यटन कार्यालयका कर्मचारीलाई पैदल मार्ग भएर नेपाल प्रवेश गर्ने र नेपालबाट बाहिरिनेलाई ‘एराइवल र डिपार्चर’ को प्रक्रिया मिलाउन भ्याई नभ्याई हुने गरेको थियो । तर, गत वर्षको चैत यता अध्यागमन कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सरकारले सीमा नाकाशील गर्ने निर्णय गरेसंगै पर्यटक आवागमन ठप्प हुँदा अध्यागमन कार्यालय सुनसान बनेको हो ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि त्यसको तयारीमा जुटेको अध्यागमन कार्यालय कोरोनाको संक्रमण सँगै सुनसान प्राय छ । अहिले एक दुई जना बाहेक कोही पर्यटक भिजा प्रक्रियाका लागि नआउँदा कर्मचारीलाई दिन बिताउन नै मुस्किल हुने गरेको बताइन्छ ।

पैदल मार्ग भएर पूर्वी नाका काँकरभिट्टाबाट सबैभन्दा धेरै पर्यटकको आवागमन हुने गरेको थियो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिरहेका बेला गत चैत महिनाबाट नेपालमा देखिएको कोरोना भाइरसका कारण भ्रमण बर्ष नै स्थगित गरेर सीमानाका ठप्प बनाएपछि पूर्वी नाकाबाट पर्यटक आवागमन ठप्प भएको हो । सन् २०१९ को अन्त्यमा चीनमा देखिएको कोरोना भाइरस विश्वभर फैलिएसंँगै नेपाल पनि प्रभावित भएको हो । मन्त्रिपरिषद्को बैठकले गत चैत पहिलो साताबाट नेपाल भारत तथा चीन संँगको सीमाना बन्द गरेको सरकारले हाल भारतसंँगका १० वटा नाका मात्रै खुल्ला गरेर नेपाल आवतजावत गर्न दिएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट नेपाली नागरिक भित्रिने तथा भारतीय नागरिक जाने क्रम रहेको अध्यागमन कार्यालय कांँकरभिट्टाले जनाएको छ । सीमानाका बन्द भएसँंगै पूर्वी नाका काँंकरभिट्टाबाट विदेशी पर्यटन नेपाल प्रवेश नगरेको जनाइएको छ । अक्टोबर महिनादेखि मार्च महिनासम्म धेरै पर्यटक नेपाल भित्रिने गरेकोमा यो वर्ष कोरोना भाइरसका कारण सुनसान भएको बताइएको छ । पूर्वी नाकाबाट सबैभन्दा धेरै बंगलादेश, भुटान, अमेरिका, बेलायत, चीन, दक्षिण कोरिया लगायतका देशबाट पर्यटकहरु भित्रिने गरेका थिए ।

सन २०१९ मा पूर्वी नाका हुँदै १२ हजार ३ सय ३९ जना पर्यटक नेपाल भित्रिएका थिए । ४ हजार ९ सय ३५ जना विदेशी पर्यटक सो नाका हुँदै वाहिरिएको अध्यागमन कार्यालयका सहायक नारायण गौतमले जानकारी दिए । सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेसँंगै पर्यटन कार्यालय र अध्यागमन कार्यालयले पूर्वी क्षेत्रमा प्रचार प्रसारका कार्यक्रमलाई अगाडि बढएपनि कोरोना भाइरसको संक्रमणका कारण भ्रमण वर्ष रद्द भएको र सीमा नाकाशील भएका कारण पर्यटक आवागमन शुन्य रहेको सहायक गौतमले जानकारी दिए ।

पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको मार्च दोस्रो साताबाट सीमा नाकाबन्द भएपछि कोही विदेशी पर्यटक नेपाल नभित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । पर्यटक नभित्रिँदा राजश्व समेत प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here