संक्रमणको त्रासदी रोक

0
698

भयावह बन्दै गएको कोरोना भाइरसको संक्रमणले झापालाई पनि ‘रेडजोन’मा पु¥याएको छ । भाइरसको बढ्दो गतिलाई रोक्न सरकारका तर्फबाट गरिएका प्रयास विफल हुँदै जाँदा झापा जोखिमपूर्ण जिल्लाका रुपमा परेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार झापासहित देशका वाउन्न वटा जिल्ला संक्रमणको उच्च जोखिममा परेका हुन् । संक्रमण तीब्र गतिमा फैलिरहँदा कोभिड विशेष भनिएका अस्पतालहरुले गम्भीर अवस्थामा रहेका विरामीलाई समेत उपचार गर्न नसक्ने भएका छन् । शय्याको अभावमा अस्पताल प्रवेश नै नपाउने अवस्था एकातिर छ भने अर्कातिर शय्या पाउँदा पनि भेन्टिलेटर, आइसीयुको अभावमा संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था छ ।


संक्रमणको गति तीब्र भइरहेको छ, तर मानिसको गति कम भएको छैन । अझ नेपालीको ठूलो चाड दशैं आइसकेकाले हाटबजारहरुमा मानिसको उपस्थिति बाक्लिँदै गएको छ । सरकारले गरेको अनुरोधको उल्लंघन भइरहँदा, स्वास्थ्यको मापदण्डको अवज्ञा गरिरहँदा त्यसको अनुगमन र कार्यान्वयन गर्ने निकाय नहुँदा स्थिति झनै त्रासदीपूर्ण हुन थालेको छ । सरकारले घर–घरमा सिंहदरवार पु¥याउने आश्वासन त दियो तर त्यो दरवार ‘कर’ उठाउनेभन्दा माथि जानै सकेन । अहिले पीसीआर परीक्षण गर्नुलाई ‘खोप’ ठान्ने मानसिकता बलियो भइरहेको छ । चाडपर्वको किनमेल गर्ने बहानामा शहर–बजारहरु भीडभाड हुन थालेका छन् । सवारीसाधन खुल्ला गरिएसँगै मानिसको आवागमन बढेको छ । शहरबाट गाउँ र गाउँबाट शहर जाने क्रम बढेकोबढ्यै छ । मानिसको यस्तो गतिविधिले खतरा अझै बढ्ने लक्षण देखिँदैछ ।

सरकारले संक्रमण नियन्त्रण गर्न नसकेर ‘हात’ उठाइसकेको छ । अर्थात् सरकारले लाचारी प्रकट गरेको छ र स्वयम्ले सावधानी अपनाउन अनुरोध गर्दैछ । अनि पनि मानिस गम्भीर देखिएको छैन । बन्दाबन्दीमा पनि कर, राजश्व उठाउनै पर्ने, जरिवाना तिर्न बाध्य पार्ने सरकारको रवैयाले आम मानिसलाई सास्ती दिएको छ । रोजगारी गुमाएका जनताको बाँच्न पाउने अधिकार रक्षा गर्नु सरकारले नैतिक कर्तव्य हो । तर, त्यसतर्फ सचेतता देखिएको छैन । ‘जहाँ छौं, त्यहीं चाडपर्व मनाऔं’ भन्ने सरकार आफैंद्वारा जारी मापदण्ड अवलम्वन गर्न सकिरहेको छैन । विद्युत्, राजश्व, मालपोत, यातायात, वडा हुँदै पालिकासम्मका कार्यालयहरुमा दिनहुँ देखिने भीड कम गर्न, दूरी कायम गराउन, मास्कको उचित प्रयोग जस्ता सावधानी अपनाउन सरकार चुकेको छ । यस्तो बेला आफू जोगिनुको विकल्प छैन, त्यो भनेको सावधानी अपनाउनु नै हो, सबैले मनन गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here