चीनले नेपाली भूमि मिचेकै छ, सरकार किन मौन ? : कांग्रेस

0
1216

कम्युनिस्ट सरकारको गम्भीर राष्ट्रघात !: प्रवक्ता शर्मा
नेपाली भूमिमा नेपालीलाई नै हिँड्न दिँदैन : कांग्रेस नेता शाही

काठमाडौं । सरकारले चिनियाँ पक्षबाट नेपालको कुनै पनि भूभाग नमिचिएको दाबी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चीनद्धारा नेपालको भूमि मिचिकै निष्कर्ष ठहर गरेको छ ।
कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नेपाल–चीन सीमा निरीक्षणमा गएको टोलीले चिनियाँ पक्षबाट नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको हो । ११ दिनसम्म नेपाल–चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भूभागमा पर्नेसमेत निष्कर्ष निकालेको छ ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका दलका नेता शाहीले पार्टीको सूचना सञ्चार तथा प्रचार विभागद्वारा मंगलबार बेलुकी आयोजित ‘छहारी संवाद’ मा प्रस्तुत गरेको प्रतिवेदनमा नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको उल्लेख छ ।
उक्त प्रमाण सार्वजनिक भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको प्रमाण सार्वजनिक भएपछि सरकार मौन बसेको आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर पहिले ‘चीनले सीमा मिचेको छैन’ भन्ने सरकार अहिले प्रमाण सार्वजनिक भएपछि मौन बसेको जनाएका छन् ।

‘सदरमुकाम सिमिकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सिमा मिचिएको छैन’ भनेर परराष्ट्र मार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो । सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं’, जारी विज्ञप्तिमा भनिएको छ ।
उत्तरी वा दक्षिणी जुनसुकै छिमेकीले सीमा अतिक्रमण गर्ने कार्य कांग्रेसलाई स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ । तर, सीमा मिचिँदा मौन बस्नु वा सीमा मिचिएको छैन भनेर ढाकछोप गर्ने सरकारको कार्य आपत्तिजनक रहेको कांग्रेसको भनाइ छ ।

हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेर स्थलगत अध्ययन गरेको कांग्रेसले जनाएको छ ।
चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययन को निष्कर्षअनुसार नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको कांग्रेसले जनाएको छ।
कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले लाप्चा भञ्ज्याङमा निर्माण गरिएको १२ नम्बर सीमा स्तम्भ चीनले पूरै परिवर्तन गरेको बताए । उक्त सीमा स्तम्भ नेपाल सरकारलाई थाहै नदिई ६ महिनाअघि चीनले निर्माण गरेको नेता शाहीको भनाइ थियो । चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) नम्बर स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको, ५ (१) र ५ (२) सीमा स्तम्भलाई चीनले तारबार गरी राखेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार चीनले ५ (२) नम्बरको पुरानो सीमा स्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाएको छ ।

उनले हिल्सा किट भन्ने ठाउँमा पनि चीनले नेपाली भूमि अतिक्रमण गरेको बताएका छन् । उनले हिल्सामा रहेको दशगजा क्षेत्रमा भने चीनले आफ्नो भूमि तारबार गरेको पनि बताए । सीमा स्तम्भ १० र ११ वरिपरि भने अतिक्रमण नगरेको उनको भनाई छ । उनले अतिक्रमण भएको प्रमाण पनि पेश गरेका छन् ।
नेपाल सरकार र चीन सरकारबाट अनुमोदन भएको नक्सासँगै १२ नम्बर पिल्लरको उचाई ५०१८ मिटर उचाइमा छन् । नक्साले थप ५२३९.५ मिटर उचाइको टापु क्षेत्रमा नेपालको भूमि देखाउँछ । १९८२ अगस्ट मा स्वीकृत भएको नक्सा अनुसार चीनले नेपाली भूमि अतिक्रमण गरेको भवन बनाएको पुष्टि हुनेछ । सीमालाई तारबारले घेर्न नपाइने अन्तराष्ट्रि सीमा प्रोटोकल चीनले मिचेको छ। बार लगाउँदा सीमा स्तम्भलाई चीन तर्फ पारिएको उनले बताए ।

चीनियाहरु नेपालको ६(१) पिल्लर क्षेत्रमा नेपाली भूमिमा आफू आउने तर नेपालीलाई आफ्नै भूमिमा जान नदिने गरेको उनले बताए । चीनले नयाँ १२ नम्बरका पिल्लर बनाएको छ । चीनले २०१८ मा पिल्लर बनाएको भनेर पिल्लरमै लेखेको छ। हिउँ खाएको पिल्लरमा रंग नरहने उनको दाबी छ। १२ नम्बरको पिल्लर बाट डेढकिलोमिटर भूमि अतिक्रमण गरेको शाहीले दाबी गरे । नेपाली जमिनका ढुंगाहरु प्रयोग गरी चीन तर्फ तटबन्धन बनाइको बताइएको छ ।
नेता शाहीले चीनले नेपाली भूमिमा निर्माण गरेको संरचनाका बारेमा देखिएको विवादबारे सत्यतथ्य पत्ता लगाउन र नेपाली भूमि फिर्ताका लागि सरकारलाई सुझावसहित दबाब दिन आफूहरु सीमा क्षेत्रमा निरीक्षणका लागि गएका बताएका छन् ।
असोज १४ गतेबाट असोज २४ गतेसम्म गरिएको सीमा निरीक्षणका क्रममा टोलीले पुराना र पाको उमेरका स्थानीय बासिन्दाका अनुभव संकलन, नेपाल(चीन सीमा सन्धिअनुसार अनुमोदित नक्सा, लिपि र हिल्साका स्थानीय बासिन्दाहरुसँग अन्तर्क्रिरया(छलफलसँगै जीपीएस प्रविधि प्रयोग गरेको बताइएको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार नेता शाहीको नेतृत्वमा गएको सीमा निरीक्षण टोलीमा संविधानसभा सदस्य रीता शाही, हुम्ला कांग्रेसका सभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी, महासमिति सदस्य तथा सिमकोट गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, महासमिति सदस्य तथा खार्पनाथ गाउँपालिकाका अध्यक्ष पेमा लामालगायतको सहभागिता रहेको थियो ।
यसअघि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा सरकारी टोली पनि स्थलगत निरीक्षणमा गएको थियो । उक्त टोलीले सीमा निरीक्षणपछि प्रतिवदेन नबुझाउँदै सरकारले चीनले सीमा नमिचेको प्रतिक्रिया दिएको थियो ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सीमा मिचेको अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले लिखित स्पष्टीकरणसमेत लिएको थियो ।
कांग्रेसले जारी गरेको प्रेस विज्ञप्ति :

 

नेता शाहीद्वारा प्रस्तुत प्रतिवेदनको अंश :

Today Presentation

यो लिंक खोल्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here