महामारीबीच पनि घरजग्गा कारोबार व्यवस्थित गर्दै नेपाल प्रोपर्टी सर्भिसेस (नेप्रोस)

0
1840

जथाभावी, अव्यवस्थित रुपमा र कर छली गरेर भइरहेको घर–जग्गाको कारोबारलाई व्यवस्थित गर्न सरकारले नै नीति बनाएर अघि बढिरहेका बेला आधिकारिक रुपमा घर–जग्गाको कारोबार गर्ने भरपर्दो माध्यम बनेको छ– नेपाल प्रोपर्टी सर्भिसेस (नेप्रोस) ।

कोरोनाको महामारीमा घरबाटै अनलाइन मार्फत घर–जग्गाको कारोबार सहजरुपमा होस् भन्ने उद्देश्यले नेपाल प्रोपर्टी सर्भिसेस (नेप्रोस)ले आफ्नै अनलाइन पोर्टल नेप्रोस डटकम (www.neprose.com) सञ्चालनमा ल्याएको छ ।

अनलाइन सञ्चालनमा आएपछि आधिकारिक घर–जग्गा धनीले आफू पोर्टलमा रजिस्टर भएर आफ्नो घर–जग्गाको नक्सा तथा त्यसको सम्पूर्ण विवरण सोझै नेप्रोस डटकममा दर्ता भइसकेपछि राख्न सक्ने छन् । जसले गर्दा घर, कार्यालय, कोठा, भाडामा दिन चाहने साथै बिक्री गर्न चाहने घर–जग्गा धनीहरुले आफैं ग्राहक रोज्न सक्नेछन् । जग्गाको ठीक अवस्थिती (लोकेसन), घर–जग्गा धनीको आधिकारिक सम्पर्क नम्बर, जग्गाको उचित मूल्य जस्ता विवरण उक्त वेवसाइटमा राख्न र हेर्न मिल्ने भएकाले नेपाल तथा विदेशमा बस्ने खरिदकर्ता, लगानीकर्ता, जग्गा भाडामा लिने तथा घर–जग्गा धनीबीच समेत सोझै सम्पर्क गर्न सम्भव हुने भएका कारण जग्गा कारोबारमा पारदर्शिता, सहजता र नियमितता हुने नेपाल प्रोपर्टी सर्भिसेस (नेप्रोस)का सञ्चालक सागर ढकालले बताए ।

सरल र सहजरुपमा काम गर्ने वातावरण बनाउन नेप्रोसले अनलाइनबाट कारोबारलाई अघि बढाएको हो । हात–हातमा मोबाइल र घर–घरमा इन्टनेट विस्तार भइरहेका बेला पूर्वमै पहिलो पटक अनलाइनबाटै घर–जग्गाको कारोबार गर्ने उद्देश्य लिई ढकालले अनलाइन पोर्टल शुरु गरेका हुन् । घर–जग्गाको कामलाई आधिकारिक र राज्यले निर्धारण गरेको मापदण्डभित्र रहेर गर्ने उद्देश्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा नेपाल प्रोपर्टी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट प्रालिका नाममा दर्ता भएको र बिर्तामोड नगरपालिका, बिर्तामोड उद्योग वाणिज्य संघ लगायतका निकायसँग आवद्ध रही नेपाल प्रोपर्टी सर्भिसेस (नेप्रोस) कारोबारलाई अघि बढाइरहेको छ । घर–जग्गा सम्बन्धी आधिकारिक रुपमा काम गर्ने संस्थाको रुपमा सञ्चालनमा आएको नेपाल प्रोपर्टी सर्भिसेस (नेप्रोस)ले कोरोनाको महामारीकाबीच समेत घर–घडेरी, जग्गा–जमिन खरिद–बिक्रीकर्ता तथा राज्यलाई समेत सहयोग पु¥याउने उद्देश्यका साथ व्यवसायलाई अघि बढाइरहेको सञ्चालक ढकालको भनाई छ ।

नाफामूलक संस्था भएका कारण राज्य तथा मातहतका निकायलाई कर समेत बुझाउनुपर्ने भएकाले नेप्रोसले घर–जग्गाको विज्ञापन गर्दा दर्ता भएका ग्राहकसँग न्यूनतम् शूल्क लिने गरेको छ । जस्तैः ९० दिनको अनलाईन विज्ञापन गरेवापत रु. दुई हजार पाँच सय, एक सय ८० दिनको विज्ञापन गरेवापत रु. चार हजार पाँच सय र एक वर्षको गरेवापत आठ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । विज्ञापन गर्दा लाग्ने शुल्क समेत अनलाइन माध्यम (ई–सेवा, मोबाइल बैंकिङ, बैंक ट्रान्सफर)बाट बुझाउन सकिने ढकालले बताए । बिर्तामोड–१ हनुमान नगरमा कार्यालय सञ्चालन गरेरे सबै कारोबारलाई पारदर्शी ढंगबाट अघि बढाइरहेका ढकालले ग्राहकहरु तथा सेवाग्राहीलाई यस विषयमा कुनै जानकारी आवश्यक परेमा कार्यालयको सम्पर्क ०२३–५४६०८९ वा ९८५२६४६०८९ मा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने समेत जानकारी दिए । मोबाइल तथा कम्प्युटरको पहुँच नभएका ग्राहकहरुले आफ्नो घर–जग्गाको विवरण लिई सोझै कार्यालयमा गएर अनलाइन विज्ञापन गर्न सक्ने छन् ।

नेप्रोसले बिजुली, खानेपानी, इन्टरनेट, आदिको बिल भुक्तानि गराउने, घर–जग्गाको मूल्याङ्कन गर्न सहकार्य गराउने, घर–जग्गा किन्न बैंकहरुसँग सहकार्य गराउने, घर–जग्गा सम्बन्धी कानूनी सहायता प्रदान गर्ने, घर–जग्गाको बीमा सम्बन्धी सेवा प्रदान गर्ने, साथै अतिरिक्त शुल्क लिई घर–घरमै गएर घर–जग्गाको विवरण संकलन गर्ने कार्य समेत गर्दै आएको ढकालले जानकारी दिए । विदेशमा बसेर विभिन्न अनुभव सम्हालेका ढकालले नेपालमा अब्यवस्थित रुपमा भइरहेको घर–जग्गा कारोबारलाई व्यवस्थित गर्ने सोच बनाए अनुसार नै कामलाई अघि बढाएको बताए । उनले जग्गा किन्दा धेरै कुरामा विचार गर्नुपर्ने भएकाले कसैको विश्वासमा लाग्नुभन्दा आधिकारिक प्रमाण हेरेर सिधै सम्बन्धित घर–जग्गा धनीसँग कुरा गर्न सहज होस् भनेर आफूले घर–जग्गालाई मात्रै पहिलो प्राथमिकता दिएर अनलाईन पोर्टल धधध।लभउचयकभ।अयm सञ्चालनमा ल्याएको ढकालको भनाई छ ।

यसले विदेशमा बसेर नेपालमा पैसा पठाउने ब्यक्तिले आफूले चाहेको घर तथा जग्गा अनलाइन मार्फत त्यही बसेर हेर्न र उचित लागेमा किन्न, भाडामा लिन सक्ने भएकाले यो सेवा प्रभावकारी हुनेमा आफू विश्वसस्त रहेको ढकालले बताए । घर–जग्गा कारोबार ब्यवस्थित नहुँदा धेरै लगानीकर्ताले हैरानी व्यहोर्नु परिरहेका बेला दलालको पञ्जाबाट कसरी ग्राहकलाई सिधै घर वा जग्गा धनीसँग सम्पर्क गर्न सकिन्छ भन्ने माध्यम नेप्रोस बनेको छ ।

रकम भएर पनि सही ठाउँमा प्रयोग गर्न नजान्दा धेरैको रुवाबासी भइरहेका बेला ढकालले बजार सुहाउँदो सेवा सुविधासहितको जग्गा तथा आवास सम्बन्धी काम गर्ने अनलाईन सञ्चालनमा ल्याएका हुन् । विगत एक दशकभन्दा बढी देश–विदेशमा रहेर रियल स्टेट कारोबारमा राम्रो अनुभव संगालेका सागर ढकाल हाल जग्गा–जमिन प्लटिङ, कृषि तथा पशुपालन व्यवसायमा समेत संलग्न रहेका छन् ।

प्रोपर्टी डिलर्स एसोसिएशन अफ नेपाल (पिडान) झापा जिल्लाका कोषाध्यक्ष समेत रहेका ढकाल भन्छन्– ‘रकम उचित लिएपछि कसैलाई झुक्याउने तथा ठगी गर्नुहँुदैन । मैले त्यस्ता समस्या समाधान गर्न अनलाइन माध्यमबाट कारोबारलाई व्यवस्थित गर्ने प्रयास गरेको छु ।’ यसैबीच नेपालीहरुको महान पर्व वडादशैं, शुभदिपावली तथा छठ पर्वको शुभकामना दिँदै विशेष छुटका साथ नेपाल प्रोपर्टी सर्भिसेस (नेप्रोस)ले सेवाहरु सञ्चालन गरिरहेको ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here