सदस्यलाई सहकारी शिक्षा

0
394

web-tauko1 राजगढ,पुस १० । लक्ष्मीथान वचत तथा ऋण सहकारी संस्था राजगढले दक्षिणी झापाको घेरावारीमा आफ्ना सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ । सहकारी शिक्षा समिति सदस्य यशोदा राजवंशीको सभापतित्व र संस्थाका अध्यक्ष धनेश्वरप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । घेरावारी ३ स्थित शहीद श्री गंगालाल प्राविमा भएको कार्यक्रममा ४० सदस्यको सहभागीता रहेको थियो । संस्थाले सहकारी शिक्ष नितान्त आवस्यक रहेको जनाउदै आफ्ना सदस्यलाई यस प्रकारको कार्यक्रमको आयोजना गरेको सहकारीका अध्यक्ष राजवंशीले वताए । कार्यक्रममा सहकारीका प्रवन्धक समीम अख्तर,अर्जुन सिगू लगायतले वोलेका थिए । कार्यक्रमको सहजीकरण शिक्ष समिति संयोजक नवीन भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here