राहात रकम सहित समवेदना प्रदान

0
916

झापा ।

नेपाल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड (एनएमसी) ले सदस्य परिवारलाई राहात रकम सहित समवेदना प्रदान गरेको छ ।

कन्काइ नगरपालिका -९ स्थित घैलाडुब्बा बजार शाखा कार्यालयले आफ्ना शेयर सदस्य घैलाडुब्बा -९ निवासी कल्याण राजवशीका परिवारलाइ नगद ७५ हजार राहत सहित समवेदना आज प्रदान गरेको हो ।

कनकाइ -९ स्थित घैलाडुब्बामा रहेको आदर्श माध्यमिक बिध्यालयका कर्मचारी तथा व्यवसायी समेत रहेका राजवशीको गत असोज १० गते ४३ बर्षको अल्पआयुमा निधन भएको थियो ।

मृतक राजवशीका १ छोरा १ छोरी , श्रीमती ,आमा र दाइ रहेका छ्न । कमजोर आर्थिक स्थिति भएका राजवशी परिवारलाई सस्थाले प्रदान गरेको रकमले व्यबहार चलाउन थोरै भए पनि सहायता गरेको राजवशीकि श्रीमती शाहाबानीले बताएकी छन।

कार्यक्रममा घैलाडुब्बा बजार कार्यालयगत उपसमितिका सयोजक गणेशप्रसाद उप्रेती , सदस्य नरमान श्रेष्ठ , सस्थाका कर्मचारी कृष्णप्रसाद उप्रेती , बिनिता भण्डारी सुवेदी , १३ नम्बर इकाइ सयोजक रुद्रबहादुर बोहोरा , १४ नम्बर सयोजक भिम बहादुर बुढाथोकी, १५ नम्बर सयोजक खगेन्द्र प्रसाद पाण्डे,१६ नम्बर सयोजक लेखनाथ दहाल लगायतको उपस्थित रहेको कार्यक्रमको सचालन उपसमितिका सदस्य नरमान श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here