अन्तरक्रिया गोष्ठी सुरु

0
520

भद्रपुर,पुस ११ । समुदायमा आधारित विकास कार्यक्रम अन्तरगत जिल्ला बन कार्यालय झापाको आयोजनामा सरोकारवालासँगको तीन दिने अन्तरक्रिया गोष्ठी आजबाट शुरु भएको छ ।
जिल्ला बन कार्यालय झापाका निमित्त प्रमुख ओमनाथ भट्टराईको सभापतित्वमा भद्रपुर स्थित होटल आनीमा एक कार्यक्रमका बीच गोष्ठिको उद्घाटन सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला भुसंंरक्षण कार्यालय झापाका प्रमुख लालबहादुर कुर्वी, इविए दमकका प्रमुख सूर्यप्रसाद खनाल लगायतले कार्यक्रमका बारेमा चर्चा गर्नु भएको थियो ।
जिल्ला बन कार्यालयका रेन्जर देवेन्द्र उप्रेतीले सञ्चालन गर्नु भएको कार्यक्रममा युएनडिपी र इबिएको आर्थिक सहयोगमा सञ्चालित समुदायमा आधारित विकास कार्यक्रमको २ वर्ष ४ महिने अवधिमा भए गरेर उपलब्धीहरुका बारेमा प्रस्तुतीकरण गरिएको थियो । समुदायमा आधारित विकास कार्यक्रम अन्तरगत जिल्ला वन कार्यालयले विगतमा भुटानी शरणार्थी शिविर रहेका स्थानहरुको आर्थिक सामाजिक अध्ययन गरी सो क्षेत्रमा बन बातावारण निर्माण गर्न कार्यलाई निरन्तरता दिईरहेको निमित्त जिल्ला बन प्रमुख भट्टराईले जानकारी दिनु भयो ।
पौष १३ गतेसम्म चल्ने तीन दिने गोष्ठीमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जिल्लाका सामुदायिक बनका प्रतिनिधिहरु, सरोकारवाला कार्यालयका प्रतिनिधि तथा पत्रकारहरु समेत करिब ५० जनाको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here