आफन्तबाटै असुरक्षित, प्रहरीलाई शान्ति सुरक्षामा चुनौति

0
939

झापा,झापामा व्यक्ति हत्याका घटना बढेको पाइको छ । गत भदौ १६ गते यता मात्रै झापामा ६ जनाको हत्या भएको छ । श्रीमतीको हत्या आरोपमा मात्रै तीन जना पक्राउ परेका छन् भने दुई जना नजिकका साथीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । त्यस्तै आमाको हत्या आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् ।


कात्तिक २ गते राति मेचीनगर नगरपालिका ३ निवासी ३४ वर्षीय पर्वत राईले २७ वर्षीया श्रीमती संगीता राईको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले श्रीमती संगीतालाई मुक्का र ढुङ्गा प्रहार गर्दै हत्या गरेको प्रहरीले जनागएको छ । श्रीमती हत्यामा सम्लग्न राई आइतवार राति नै पक्राउ परेका छन् ।

गत असोज २४ गते कमल गाउँपालिका–२ निवासी ३४ वर्षीय रामजी थापाले सामान्य विवादमा धारिलो हतियार प्रयोग गरी २४ वर्षीया श्रीमती रीताको हत्या गरेको आरोपमा रामजी पक्राउ परेका छन् । केही समय अघि मात्रै वैदेशिक रोजगारीबाट घर आएका थापाले सामान्य विवादमा श्रीमती रीताको हत्या गरेको प्रहरीले जनाएको छ ।

गत असोजमा नै ६४ वर्षीय भीमवहादुर भण्डारी पनि श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । कमल गाउँपालिका १ निवासी भण्डारी गत असोज १२ गते श्रीमती मनमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भण्डारीले हथौडा प्रहार गरी श्रीमती मनमायाको हत्या गरेको बताइएको छ । भण्डारीले श्रीमती मनमायालाई दुवै हात बाँधेर हतैडा प्रहार गरी हत्या गरेको र आफैँले श्रीमती मृत भेटिएको बताउँदै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । भण्डारीले श्रीमती मनमायाको हत्या स्वीकार नगरेपनि प्राप्त प्रमाणका आधारमा उनले नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापा दावी गर्दै कारवाही अघि बढाएको छ ।

श्रीमतीको हत्यामा सम्लग्न भएको आरोपमा भण्डारी पक्राउ गरेका छन् ।

यता गत असोज २८ गते कनकाई नगरपालिका ३ सुरुङ्गा खोलाको डिलमा रहेको वासघारीमा सोही ठाउँका २२ वर्षीय अभिषेश चौधरीको हत्या गरेको आरोपमा कनकाई नगरपालिका ७ का २२ वर्षीय टल्के भनिने रवीन राजवंशी पक्राउ परेका छन् । गाँजा नदिएको निहुँमा राजवंशीले चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै गत भदौ १६ गते शिवसताक्षी नगरपालिका ११ निवासी गोमनसिंह मगरको हत्या गरेको आरोपमा सोही ठाउँका मनकुमार लिम्बू पक्राउ परेका छन् । लिम्बूले धारीलो हतियार प्रयोग गरी मगरको हत्या गरेका थिए ।
यता कमल गाउँपालिका – ७ मा २३ वर्षीय दिनेश ऋषिदेवले पनि ४५ वर्षीय आमा मिराको हत्या गरेका छन् । उनले भदौ २८ मा मादक पदार्थ सेवन गरी गत भदौ २८ गते आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

यस अघि चालू आर्थिक वर्षको साउनमा झापा गाउँपालिका–३ कामाटालीका ७० वर्षीय साइँला टुडुलाई २४ वर्षीय छोरा सुनीलले हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेका सुनीलले धारिलो हतियार प्रहार गर्दा बाबुको घटनास्थलमै मृत्यु भएको थियो । घटना गत साउन ४ गतेको हो ।

गत आर्थिक वर्ष ०७६÷७७ मा जिल्लामा १३ जनाको हत्या भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा हत्या संख्या बढेको पाइएको छ ।  हत्या जस्तो जघन्य अपराधका घटनामा सम्लग्न सबैलाई पक्राउ गरेपनि शान्ति सुरक्षामा भने चुनौति थपिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । दुव्र्यसनीकै कारण हत्याका घटना बढेको भन्दै प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएर काम शुरु गरेको प्रहरी उपरीक्षक कोइरालाको भनाई छ । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here