झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने सांसद र मन्त्रीको प्रतिवद्धता

0
821

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापा क्षेत्र नं.२ कि संघीय सांसद पबित्रा निरौला खरेल र प्रदेश नं .१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको अनुगमन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेकाले यसलाई पूर्णता दिन आफूहरु लागीपर्ने उनीहरुको भनाई थियो । उनीहरुले रंग साहित्यको विकासका लागी क्षितिज नाट्य समूह झापाले खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई , झापा नाटक घर निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी , क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले सांसद खरेल र मन्त्री घिमिरेलाई झापा नाटक घर निर्माणमा भइरहेको प्रगतिवारे जानकारी गराएका थिए ।

 

बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र निरौलाकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर बहुजाति, बहुभाषि, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण शुरु गरेको र हालसम्म झापा नाटक घरको निर्माणको ४० प्रतिशत कार्य सकिएको क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले उनीहरुलाई जानकारी गराएका थिए ।

दुई करोड ५० लाख रुपैयाँको लागतमा २०७६ साल असार ११ गते झापा नाटक घर निर्माण शुरु गरेपनि कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले गत चैत ११ गते लकडाउन गरेसंगै निर्माण कार्य स्थगित गरिएको झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले बताए ।
उनले झापा नाटक घर निर्माण गर्न आर्थिक वर्ष २०७७ /०७८ का लागि जग्गादाता मनोज निरौलाको अध्यक्षतामा ११ सदस्यीय झापा नाटक घर निर्माण उपभोक्ता समिति र नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षतामा तीन सदस्यीय झापा नाटक घर निर्माण अनुगमन समिति गठन गरिएको बताए ।

गत कात्तिक १ गते घटस्थापनाको दिनदेखि पुनः झापा नाटक घरको चौथो चरणको निर्माण शुरु गरिएको बताउँदै उनले झापा नाटक घरको निमार्ण सकेर बहुजाति, बहुभाषि, बहुसांस्कृतिक संग्रहालयको निर्माण शुरु गरिने जानकारी दिए ।
बहुजाति, बहुभाषि, बहुसांस्कृतिक संग्रहालयको लागि बहुवर्षे गुरुयोजनामा निर्माण हुनेगरी डीपीआर तयार गर्ने कार्य भइरहेको उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here