दहीजात्रा नहुने

0
900

चौतारा, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादशँैंको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ ।

एकापसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको दहीजात्रा कोभिड–१९ महामारीका कारण बन्द गर्नुपरेको जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठका अनुसार नेपालको त्यहाँ मात्र लाग्ने दहीजात्रामा पालिकाले गत वर्ष रु चार लाखको दही खरीद गरेको थियो । दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि मन्दिर पनि बन्द गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here