इलामको चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती

0
1006

इलाम, कुनै बेला धान र चियाखेतीका लागि प्रसिद्ध झापा जिल्ला केही वर्षयता सुपारी खेतीबाट चिनिन थालेको छ ।
जन्मदादेखि मर्दासम्म चाहिने सुपारीको परापूर्वकालदेखि धार्मिक महत्व रहँदै आएको छ । पूजापाठ र पाहुनाको सत्कारमा पानको पात र सुपारीको प्रयोग हुन्थ्यो । तर, अहिले धार्मिक तथा सत्कार प्रयोजनका लागि मात्र नभएर विदेश निर्यात हुने मुख्य बस्तुको सूचीमा सुपारी समेटिएको छ । भारतलगायतका मुलुकमा सुपारीको दाना निकासी हुन थालेपछि किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । अहिले सुपारी खेतीका लागि झापा मात्र होइन
इलामको चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती सुरु गरिएको छ ।

झापासँग सीमा जोडिएका चुरे क्षेत्रमा सुपारी खेतीबाट आम्दानी लिँदै आएका किसानले व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययनको माग गरेका छन् ।

चुरे क्षेत्रका समथर भूभागमा सुपारी खेती विस्तार भएको छ । तराईसँग जोडिएको चुरे क्षेत्रमा सुपारी खेती गर्न मिल्ने हावापानी भएकाले किसानले सुपारी खेती लगाउन थालेका हुन् ।

चुरे क्षेत्रको भूक्षय रोक्न सहयोग पुग्ने सुपारी खेती राम्रो हुने गरेकाले सम्भाव्यता अध्ययनको काम भइरहेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताउनुभयो ।

खाली रहेका पाखो बारीमा पनि सुपारी खेती फस्टाउन थालेपछि किसानले व्यावसायिक खेतीका लागि अध्ययन गर्न माग गरिएको छ ।

यसअघि, फाट्टफुट्टरुपमा सुपारी खेती हुने भएपनि व्यावसायिकरुपमा खेती गरिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here