कैदीवन्दीका छोराछोरीको दशैं वालगृहमा

0
1344

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

दशैंमा आफ्ना आमावुवाको हातको टीका लगाउँदै आशीर्वाद थापेर रमाइलो गरेर बस्न कुन छोराछोरीलाई मन नलाग्ला र । तर, झापा अर्जुनधारा –११ देउनियावस्तीकी इन्दिरा राना मगरले भने दशैंमा आफ्नी आमा ९६ वर्षीया मनमाया राना मगरको हातको टीका नलगाएको दशकौं बितेको छ ।

बन्दी सहायता नेपालकी संस्थापिका समेत रहेकी इन्दिरा राना मगरले बन्दी सहायता नेपालद्वारा सञ्चालित १७ वटा बालगृहमा रहेका पाँच सयभन्दा बढी कारागारमा रहेका अभिभावकका छोराछोरी र असहाय बालबालिकाहरुलाई पालनपोषण गर्नुका साथै कोरोना भाइरसको संक्रमणका कारण रोजगार गुमाएर सडकमा अलपत्र परेका सयौं मानिसहरुलाई विगत सात महिनादेखि बिहान –बेलुकी खाना खुवाइरहेकोले दशैंमा आफ्नी आमा मनमाया राना मगरको हातको टीका लगाउन जान नपाएको बताइन् ।

 

आफ्नी आमाको आशीर्वाद र माया सदैव पाउँदै आएकाले आमाकै प्रेरणा र हौसलाले देश बिदेशका संघ –संस्था र साथीभाईले सहयोग गरेकोले बन्दी सहायता नेपालद्वारा सञ्चालित १७ वटा बालगृहमा रहेका पाँच सयभन्दा बढी कारागारमा रहेका अभिभावकका छोराछोरी र असहाय बालबालिकाहरु र कोरोना भाइरसको संक्रमणका कारण रोजगार गुमाएर सडकमा अलपत्र परेका सयौं मानिसहरु र संस्थाका ७० जना कर्मचारीलाई सहयोग गरी उनीहरुसंगै दशैं मनाएको उनले बताइन् ।

कोरोना भाइरसको संक्रमण दर बढीरहेकाले बन्दी सहायता नेपालद्वारा सञ्चालित १७ वटा बालगृहका पाँच सयभन्दा बढी कारागारमा रहेका अभिभावकका छोराछोरी र असहाय बालबालिकाहरुलाई सुरक्षित राख्न उनीहरुलाई दशैंंको टीका लगाएर नयाँ कपडा , मिठो खाना र दक्षिणा प्रदान गरेको उनले वताइन् ।

 

 

आफूले काठमाडांै नयाँ बजारमा रहेको वालगृहमा रहेका बालबालिकाहरुलाई दशैंंको टीका लगाएर नयाँ कपडा , मिठो खाना र दक्षिणा प्रदान गरेको बताउँदै उनले भक्तपुरको साँखुमा रहेको वालगृहमा इञ्चार्ज सागर मगरले , झापामा रहेको मनमाया आमा, गङ्गा आमा र जगल ब्वाइज बालगृहमा बन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगत बहादुर राना मगर, सचिव रञ्जित परियारले , खुदुनाबारीमा रहेको बालगृहमा इञ्चार्ज सुनिता मगरले ,अर्थ मदर बालगृह फिक्कलमा पूर्व अध्यक्ष शोभा मगरले, सप्तरीमा रहेको वालगृहमा सुदर्शन चौधरीले र इन्दिरा प्याराडाइज होम पाल्पामा राम मगरले त्यहाँ रहेका बालबालिकाहरुलाई दशैंंको टीका लगाएर नयाँ कपडा , मिठो खाना र दक्षिणा प्रदान गरेको जानकारी दिइन् ।

 

हरेक बर्षको दशैंमा कारागारमा रहेका अभिभावकका छोराछोरीहरु कारागारमा नै गएर आफ्ना आमावावुसंग दशैंको टीका लगाएर आउने गरेपनि यसवर्ष कोरोना भाइरसको संक्रमणको त्रासका कारण बालगृहमा नै उनीहरुलाई दशैंंको टीका लगाएर नयाँ कपडा , मिठो खाना र दक्षिणा प्रदान गरेको उनले वताइन् ।

झापा र काठमाडौमा रहेको जुनकीरी सार्वजनिक प्राविकी सस्थापक समेत रहेकी उनले सवैलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर दशैं मनाउन आग्रह समेत गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here