दुर्घटनामा घाइते महिलाको मृत्यु

0
532

झापा,

गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते हुनुभएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को ३७ प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खस्नुभएको र उहाँको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here