बञ्चरो प्रहार गर्ने र गुप्ताङ्ग काट्ने पक्राऊ (श्रब्यदृष्य सहित)

0
1248

सुरेन्द्र भण्डारी

महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश महिनाअघि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी सम्हाल्न आएका मुकुन्द रिजाल अनुसन्धानमा अब्बल रहे ।

महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका उनी झापा सरुवा भएर आए लगत्तै बिर्तामोड र कनकाई नगरपालिकामा जघन्य अपराधका घटना घटे । गत बर्षको माघ महिनामा झापाको बिर्तामोड नगरपालिका–२ चारपाने नजिकै संवेदनशील अंग (गुप्ताङ्ग) काटेर हत्या गर्दै जलाइएको अबस्थामा भारतीय नागरिक सुवान शेखको शव फेला प¥यो ।


नेपालमा रहेर लामो समयदेखि निर्माण क्षेत्रमा श्रमिकको काम गर्दै आएका उनलाई मादक पदार्थ सेवन गरेका आफ्नै साथीले सामान्य विवादमा हत्या गर्दै परालको कुनिउमा जलाएका थिए । हत्या गरिएका शेखको संवेदनशील अंग (गुप्ताङ्ग) काटेर एकातिर फालिएको थियो भने शव अर्काेतिर जलेर क्षतविच्छ्यत थियो । शवको पहिचान खुल्ने कुनै आधार नै थिए । तर, प्रहरी नायव उपरीक्षक रिजालको कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न सक्षम भयो । शेखको हत्यामा सम्लग्न चारपाने निवासी दुई युवा तत्काल पक्राउ परे ।


पक्राउ पर्नेमा २० वर्षीय करण चौधरी र लक्ष्मण यादव छन् । त्यस्तै गत २८ असोजमा कनकाई नगरपालिका–३ निवासी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । लागू पदार्थ सेवनको विषयमा कनकाई नगरपालिका– ७का नगरपालिका–७का २२ वर्षीय टुल्के भनिने रवीन राजवंशीले बञ्चरो प्रहार गर्दै चौधरीको हत्या गरेर बाँस झ्याङ्मा शव फ्यालेका थिए । तर, घटना घटेको ८ घण्टा पनि बित्न नपाउँदै प्रहरी नायव उपरीक्षक रिजालकै कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा सम्लग्नलाई पक्राउ गर्दै कारवाही अगाडि बढाएको छ ।

श्रब्यदृष्य

पूर्वको उदाउँदो शहरका रुपमा परिचित बिर्तामोड आफैंमा जनघनत्व बढी भएको शहरका रुपमा हेर्ने गरिन्छ । पूर्वी नाका काँकरभिट्टा हुँदै भारतीय बजार जान सहजता र पूर्वी पहाडी जिल्लाको पनि प्रमुख बजार रहेका कारण यहाँको जनघनत्व आफैंमा बढी छ । अव्यवस्थित बसोबास र जनघनत्व बढी भएकै कारण जिल्लाका अन्य ठाउँमा भन्दा बिर्तामोड र आसपासका क्षेत्रमा आपराधिक गतिविधि समेत अधिक हुने गरेको छ । जसमध्ये माथिका दुई वटा घटना प्रतिनिधि मात्रै हुन् । लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, हत्या र बलात्कार जस्ता जघन्य अपराधकै कारण इलाका प्रहरी कार्यालय अनारमनीमा आउने प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम राख्न हम्मे–हम्मे पर्ने गरेको थियो । तर, प्रहरी उपरीक्षक रिजालले इलाका प्रहरी कार्यालय अनारमनीको जिम्वेवारी सम्हालेपछि त्यस्ता जघन्य अपराधका घटनामा कमी आएका छन् नै घटनामा सम्लग्न समेत तत्काल पक्राउ पर्न थालेका छन् । प्रमाणमुखी अनुसन्धानमा विश्वास राख्ने रिजालले प्रहरी सेवाका दौरानले लिएको तालिम र महानगरीय अपराध महाशाखा काठमाडौ बस्दा आर्जन गरेका ज्ञानका कारण जस्तोसुकै घटनालाई पनि सूक्ष्म अध्ययन गर्दै सही नतिजा निकाल्न निपूर्ण देखिएका छन् ।

प्रहरी नायव उपरीक्षक रिजाल बिर्तामोड आएसँगै लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, बलात्कार जस्ता जघन्य अपराधका घटनालाई प्रायः शून्यमा झरेका छन् । प्रहरी संगठनभित्र भएको श्रोत परिचालन गर्दै लागूऔषधको अबैध कारोवारमा सम्लग्नलाई धमाधम पक्राउ, होटलमा हुने यौनजन्य गतिविधिलाई निस्तेज, अबैध चोरी तस्करीको बाटो नै बन्द गरेपछि आपराधिक गतिविधिमा समेत कमी आएको हो । २०६२ सालबाट प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका रिजालले आफूमा भएको दक्षतालाई प्रस्तुत गर्दै दुई÷दुईपटक शान्ति सेनामा गएर ‘एफपीयू’ र ‘युएनपीओएल’ मिसनमा सहभागी हुँदै द्वन्द्वरत् मुलुकमा शान्ति स्थापनाका लागि नेपाल प्रहरीका तर्फबाट सुडान र दक्षिणी सुडानमा काम गरिसकेका छन् ।

प्रहरी निरीक्षक हुँदै चुनौति बोकेर सुडान पुगेका उनी विभिन्न देशका प्रहरीसंग बसेरसँगै काम गर्दा आर्जेको ज्ञानलाई अहिले नेपालमा सदुपयोग गर्दैछन् । सरल स्वभावका उनी बाँकेका स्थायी बासिन्दा हुन् । तर, आफूलाई ‘मिनी रोल्पा’ (बर्दियाको टापु– कर्णाली र भेरीले घेरेको भू–भाग) को बासिन्दा बताउने उनी सानैदेखि जंगी पेशा प्रति रुची राख्दथे । अध्ययनकै सिलसिलामा २०६१ सालमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका रिजालले लिखित्मा नाम निकाल्न सफल भए पनि मौखिकमा असफल भएका थिए । घोडा चढ्ने लड्छ भनेजस्तै एकपटक असफल भए पनि उनले आफूमा भएको इच्छालाई कहिल्यै मर्न दिएनन् । बरु आफूमा भएको कमजोरीलाई सुधार्दै पुनः दोस्रोपटक प्रहरी निरीक्षक पदमा प्रतिस्पर्धा गरे । प्रहरी निरीक्षकमा दोस्रोपटक प्रतिस्पर्धा गर्नै कमैलाई मात्र सौभाग्य मिल्छ । त्यो सौभाग्य रिजाललाई पनि मिल्यो ।
जसका कारण उनी पुनः २०६२ सालमा सोही पदमा प्रतिस्पर्धा गर्दै नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भए । प्रहरी निरीक्षक भएपछि पहिलोपटक बर्दियाको इलाका प्रहरी कार्यालय राजापुरको जिम्मेवारी सम्हालेका उनी अनुसन्धानमा कुनै दिन चुकेनन् । १६ महिनासम्म बर्दिया बसेर काम गरेका उनी त्यसपछि जाजरकोट, बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा रहेर काम गर्न भ्याए । २०७४ सालमा प्रहरी नायव उपरीक्षक पदमा वढुवा भएका उनी त्यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा समेत रहेर काम गरे ।

हेटौडासहित महानगरीय अपराध महाशाखा काठमाडौंमा समेत काम गरेका उनी अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् रहेका छन् । झग्गुप्रसाद रिजाल र शोभा रिजालका कान्छा छोराका माइला दाइ माधवप्रसाद रिजाल समेत नेपाल प्रहरीमा कार्यरत रहेका छन् । उनी अहिले जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी नायव निरीक्षक पदमा कार्यरत् छन् । उनका जेठा दाइ भीमलाल रिजाल भने शिक्षक पेशामा सम्लग्न छन् । उनी प्रधानाध्यापक हुन् ।

आमावुवाले रिजाललाई निजामति सेवातर्फ प्रवेश गराउन चाहे पनि सानै देखिको आफूमा भएको रुचीका कारण उनी प्रहरी सेवामा प्रवेश गरेका हुन् । दाङमा जन्मिएका रिजाल बर्दियालाई कर्म थलो बनाए पनि उनको परिवार भने अहिले बाँकेमा रहेको छ । नेपाल प्रहरीमा समेत अब्बल ठहरिएका डीएसपी रिजाल अनुसन्धानको क्षेत्रमा सँधै अगाडि छन् । जसका कारण नेपाल प्रहरी र समाजमा उनको छवि बेग्लै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here