झापामा पटका सहित दुई जना पक्राउ

0
513

झापा।

झापाको मेचीनगर नगरपालिका–१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित दई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ का २९ बर्षीय प्रशन्न जीत दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् ।

भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा अतिसबाजी(पटका) ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले अटोलाई नियन्त्रणमा लिएको थियो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटका, अटो र मानिस सहितलाई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here