शिवसताक्षी हङकङ समाजद्धारा मृगौला र फोक्सो पिडीतलाई सहयोग

0
527

झिलझिले ।

शिवसताक्षी नगरपालिका ११ झिलझिलेका मृगौला र फोक्सोका दुई गम्भिर विरामीलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

शिवसताक्षी नगरपालिकाबाट विभिन्न कामले हङकङमा बसेका नेपालीले दुवै बिरामीलाई आर्थिक सहयोग गरेका हुन । उपचार गर्ने पैसा नभएर जीवन मरणको दोसाँधमा रहेकी स्थानीय भिमकुमारी मगर र फोक्सोमा समस्या भएका शिवसताक्षी ११ का विश्वनाथ न्यौपानेलाई हङकङमा रहेका नेपालीहरुले संकलन गरेको आर्थिक सहयोग प्राप्त भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का टेकवहादुर (अशोक) राई र अमिर म्यानाङवो नेतृत्वमा युवाको समुहले रकम संकलन गरेको थियो । शिवसताक्षी हङकङ समाजले दुबै रोगका पीडितलाई आर्थिक सहयोग गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले बताए। भिमकुमारी र विश्वनाथले जनही ५० हजारका दरले आर्थिक सहयोग पाएका हुन् । भिमकुमारीको काठमाण्डौको सुमेरु अस्पतालमा उपचार भइरहेको छ भने विश्वनाथको विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार भईरहेको छ । दुबैको अवस्था दयनिय छ ।

दुबै जनाको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको थियो । विदेश तथा स्वदेशमा रहेका शिवसताक्षीका युवाले भिमकुमारी÷ बिश्वनाथ बचाउ अभियान नै सञ्चालन गरेर आर्थिक सहयोग संकलन गरिरहेका छन् । अभियन्ताले मन खोलेर गरिवीका कारण उपचार गर्न नपाएका दुबै पिडीतलाई आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।

हङकङमा बस्ने हेमन्त राई, किरण राई, याम लिम्बु, विनोद राई, बलवहादुर, अर्जुन गुरुङ, टेक पुन, भिम गुरुङ्ग, दिप राई, विवेक गुरुङ्ग, निशान गुरुङ, नितेस गुरुङ, तुला गुरुङ, राजु पुन, दिनेश राना, भरत राई, चन्द्र राना, लक्ष्मण लामा, खगेन्द्र राई, निर्जीत राई, प्रकाश थुलुङ, पवित्रा राई, दिवस थाम्सुहाङ, नविन सुहाङ, तिलविक्रम लिम्बु, आईत फेम्वो, गौरव कडेल र टेकवहादर राईले आर्थिक सहयोग पठाएका थिए ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, सेभेनसिज ईलिंस बोर्डिङ स्कुलका प्रिन्सिपल दिपक कडरिया, समाजसेवी ज्ञानेन्द्रवहादुर न्यौपाने, पदमप्रसाद गौतम, शुसील न्यौपाने लगायतको सहभागितामा रकम रोगका पिडीतलाई प्रदान गरिएको थियो ।

हङकङमा रहेका टेकवहादुरले भने‘ मृगौला र फोक्सोका पिडीतलाई उपचारमा केही भए पनि राहत पुगोस् भनेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा रकम संकलन गरिएको हो ।’ आर्थिक सहयोग पाएका न्यौपानेले रकम अभावका कारण उपचार गर्न नपाएको बताए । उनले भने, अब भोली नै नोवेल अस्पताल गएर थप उपचार गर्ने छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here