समानुपातिक सभासद्लाई शुभकामना

0
415

वाहुनडागीlogo-of-purwanchal,पुस २७ । झपाको पूर्वोत्तर गाविस बाहुनडागींमा आज आयोजित एक कार्यक्रममा बिच समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएका सभासद्हरुलाई कार्यकलाको सफलताको शुभकामना दिइएको छ ।

नेपाली काग्रेस बाहुनडागीले एक कार्यक्रमको आयोजना गरेर नेपाली काग्रेंसका तर्फबाट संविधानसभा सदस्य बन्नु भएका क्षेत्र नम्बर १ का सभासद् द्धय नरेन्द्र विक्रम नेम्वाङ् र उषा गुरुङलाई बधाई तथा कार्यकलाको सफलताको शुभकामना दिइएको हो ।

बाहुडागी गाविसका सभापति ढुण्डीराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ बाहुनडागीकी सभापति सान्ता निरौला, जिल्ला सदस्य निरज घिमिरे, क्षेत्रिय समापति मणि उप्रेती, विट्टु गुरुङ लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले काग्रेसले लोकतान्त्रिक संविधान दिन महत्व पूर्ण भूमिका खेल्दै स्थानीय स्तर देखि राष्ट्रिय स्तरका समस्य समाधान गर्न अग्रसर हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई अनुप कार्कीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन टिकेन्द्र थापाले गर्नुभएको जिल्ला सदस्य निरज घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here