आइसिटी केन्द्रको उद्घाटन

0
1155

ताप्लेजुङ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको  उद्घाटन गर्नुभएको छ ।

 

मन्त्री भट्टराईकै पहलमा करिब रु एक करोड बराबरका प्रविधिमैत्री शैक्षिक सामग्री विद्यालयले प्राप्त गरेको थियो ।

चौबिस वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायतको व्यवस्थापनसँगै उक्त विद्यालयमा सूचना प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ ।

मन्त्री भट्टराईसमक्ष एउटा छात्रावास, विज्ञान प्रयोगशाला भवन र विद्यालय संरक्षणका लागि घेराबारालगायतका लागि पहल गरिदिन विद्यालयले अनुरोधसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here