सनराइज बैंक बिर्तामोड शाखाद्वारा बृद्धबृद्धालाई सहयोग

0
586

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

सनराइज बैंक बिर्तामोड शाखाले बिर्तामोड –४ परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरेको छ ।

 

बैंकले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सामग्री राख्ने र्याक प्रदान गरेको सनराइज बैंक बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले बताए ।

सनराइज बैंक बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईं , कर्जा अधिकृत सुदेश मल्ल , डिपोजिट रिलेनसिप म्यानेजर श्यामकुमार गुरुङ ,कर्मचारी अशोक अधिकारीलगायतले उक्त सामग्री परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रमका अध्यक्ष विक्रम मादेन , कार्यालय सचिव बेनुप्रसाद भट्टराईलगायतलाई हस्तान्तरण गरेका थिए ।

उक्त बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यान्न लगायतका सामग्री राख्न सहज होस् भन्ने उद्धेश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सामग्री प्रदान गरेको सनराइज बैंक बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले बताए ।

 

 

बृद्धाश्रममा पुगेर त्यहाँ रहेका बृद्धबृद्धाको आवश्यकतालाई मध्यनजर गर्दै उक्त सामग्री प्रदान गरेको उनले बताए ।
त्यस्तै उक्त बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई विस्कुट समेत वितरण गरेको उनले जानकारी दिए ।

बृद्धाश्रमका अध्यक्ष विक्रम मादेनले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा हाल ३२ जना बृद्धबृद्धाहरु रहेको र उनीहरुलाई दाताले दिएको सामग्री राख्न असहज भइराखेको अवस्थामा सनराइज बैंकले सामग्री राख्ने र्याक प्रदान गरेर ठूलो गुन लाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here