सहारा नेपालद्धारा शेयर तथा लघुवित्त सदस्यलाई प्रविधि साक्षरता तालिम

0
527

लक्ष्मीपुर ।

नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उदेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ ।

सेवाकेन्द्रका एकसय जना शेयर तथा लघुवित्त सदस्यलाई कोभिड–१९ लाई मध्येनजर गर्दै सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाई १० समुह बनाएर मंगलवार एकदिने तालिम प्रदान गरेको हो ।

संस्थाको निति, विधि र प्रविधिलाई आत्मासाथ गर्दै तालिम दिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताए । तालिमको औचित्यमाथि प्रकाश पार्दै भारतीले निकट भविश्यमा एटीएम प्रयोगमा ल्याइने बताए । उनले उद्यमी महिला विकास शुरु गरिने समेत जानकारी दिए ।

तालिममा सहभागीलाई संस्थाका आइटी वरिष्ठ प्राविधिक नेत्रप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई मोवाइल बेङ्किङ, इ–सेवा, एसएमएस, ट्याव्लेटद्धारा असुलीलगायतका विषयमा जानकारी गराइएको छ । त्यस्तै कोभिड–१९ बाट बच्न सदस्यहरुलाई घरबाट नै इ–सेवा प्रयोग गर्न पनि सिकाइएको छ ।

सेवाकेन्द्रकी सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कनकाई नगरपालिका–८ का अध्यक्ष प्रेमबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा संस्थाका बिर्तामोडका अनुगमन अधिकृत धनश्याम रायले संस्थाका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा कनपा कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, लक्ष्मीपुरका प्रहरी इन्चार्ज जितेन्द्रनारायण मण्डललगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सेवाकेन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here