अक्सिजन बैंक स्थापनार्थ पौडेल दम्पत्तिको ५१००

0
967

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

झापामा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् भने कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदरमा समेत वृद्धि भएको छ ।

 

कोरोना भाइरसको संक्रमण दर बढेसँगै एकका लागि एक अभियानले बिर्तामोडमा अक्सिजन बैंक स्थापनाको तयारी थालेको छ ।
एकका लागि एक अभियानको आयोजनामा सोमबार भएको जुम बैठकले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको थियो ।

बिर्तामोडमा अक्सिजन बैंक स्थापनाको तयारी गरेसँगै अक्सिजन बैंक स्थापनाका लागि एक दम्पत्तिले आर्थिक सहयोग गरेका छन् ।

बिर्तामोड–५ कञ्चनजंघा टोलका छविलाल पौडेल र मुना पौडेलले अक्सिजन बैंक स्थापनाका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका हुन् ।
संवाद समूह झापाको बिर्तामोडस्थित सचिवालयमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

पौडेलका आफन्त गोपाल न्यौपानेले उक्त रकम ‘एकका लागि एक’ अभियानका सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई हस्तान्तरण गरेको संवाद समूह झापाकी सहसंयोजक कमला भट्टराईले जानकारी दिइन्।

रकम ग्रहण गर्दै अभियानका सदस्य भट्टराईले पौडेल दम्पत्तिले आफू कोरोना भाइरसबाट संक्रमित भएर पनि अरुको जीवन बचाउनका लागि भन्दै अक्सिजन बैंक स्थापनाका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएर झापा लगायत देशका विभिन्न स्थानमा रहेका अस्पतालमा समेत बेड अभाव हुन थालेपछि कोरोना भाइरसबाट संक्रमितलाई घरमै उपचारमा सहयोग पु¥याउन एकका लागि एक अभियानले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको पूर्वाञ्चल दैनिक लगायत विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाह पाएर अक्सिजन बैंक स्थापनाका लागि आर्थिक सहयोग गरेको मुना पौडेलले बताइन् ।

आफूहरु कोरोना भाइरसबाट संक्रमित भएर हाल होम आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको बताउँदै उनले अक्सिजनको अभावमा कोरोना भाइरसबाट संक्रमितले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर अक्सिजन बैंक स्थापनाका लागि आर्थिक सहयोग गरेको बताइन् ।

एकका लागि एक अभियानको आयोजनामा भएको जुम बैठकले अक्सिजन बैंक स्थापनाका लागि अक्सिजनका सिलिण्डरको भण्डारण गर्ने, बिर्तामोड उद्योग वाणिज्य संघको भवनमा रहेको झापा गोल्डकपको सचिवालयमा रहने गरी कोभिड सूचना तथा सहायता केन्द्रको स्थापना गर्ने, कोरोना भाइरसबाट संक्रमित अशक्त तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै उनीहरुको घरमै पुगेर स्वाब संकलन गर्ने निर्णय गरेको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here