लागूऔषध गाँजा सहित दुई महिला विराटनगरबाट पक्राउ

0
509

विराटनगर।

विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट लागूऔषध गाँजा सहित दुई महिला पक्राउ परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहबाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो एक बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बस्ने ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका–१ बस्ने २० बर्षीया बबिता राईलाई ५ केजी सात सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here