एक्सेल डेभलपमेन्ट बैंकका कम्पनि सचिव बोहोरालाई पितृशोक

0
573

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका कम्पनि सचिव श्यामबहादुर बोहोरालाई पितृशोक परेको छ ।

 

उनका बुबा कनकाई नगरपालिका वडा नंं. ९ घैलाडुव्वा निवासी रत्नबहादुर बोहोराको कात्तिक २३ गते आइतवार ८७ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

स्व. बोहोराका श्रीमती मनमाया बोहोरा ,पाँच जना छोरा , चार जना छोरी , २४ जना नातीनातीनि र ९ जना पनातीपनातीनिहरु रहेका छन् ।

स्व. बोहोराका पाँच जना छोरा–वुहारीहरुमा प्रेमबहादुर –इन्दिरा , यादबबहादुर –दीपा , श्यामबहादुर –बिमला , रुद्रबहादुर –ईश्वरा र दिपक –सम्झना बोहोरा रहेका छन् ।

त्यस्तै उनका चार जना छोरी–ज्वाईंहरुमा हिमा –स्व.कृष्ण तिम्सिना , गीता –प्रकाश भण्डारी , सरीता–गोकुल निरौला र अर्चना –बद्री वानियाँ रहेका छन् ।

उनका छोराहरुमध्ये प्रेमबहादुर आदर्श विद्या मन्दिर मावि घैलाडुव्वाका पूर्वशिक्षक , यादबबहादुर गौरीशंकर मावि डाँगीबारीका शिक्षक , श्यामबहादुर एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका कम्पनि सचिव ,रुद्रबहादुर व्यवसायी र दिपक एनसीसी वैंकका कर्मचारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here