पछिल्लो समय ट्याटु खोप्नेप्रति मानिसको आर्कषण: १८ देखि ६५ वर्ष उमेर सम्मका मानिसहरु आफ्नो शरिरमा ट्याटु खोप्नैका लागि ट्याटु आर्टिसकहाँ पुग्ने

0
685

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

आजभोलि युवापुस्तामा ट्याटु खोपाउने एउटा फेसन नै भईसकेको छ । शरीरका देखिने भागदेखि गोप्य अंग वरिपरीसमेत ट्याडु खोप्ने चलन बढेको छ । तत्कालीन र दीर्घकालीन असर हेरेर मात्र ट्याटु खोपाउनु उपयुक्त हुने चिकित्सकहरुको सल्लाह छ । यसबारे राम्ररी बुझेर निर्णय लिँदा पछि पछुताउनु पर्ने स्थिति नआउने उनीहरुको भनाई छ ।

पछिल्लो समय शरिरका विभिन्न भागमा ट्याटु खोप्नेप्रति मानिसको आर्कषण बढेको छ । पछिल्लो केहि वर्ष यता युवापुस्तामा मात्र होइन अन्य उमेर समुहका मानिसमा समेत ट्याटु मोह तीव्र रूपमा बढेको छ । विभिन्न ‘थिम’मा ट्याटु खोप्ने युवाको संख्या दैनिक बढिरहेको छ । ट्याटु युवा पुस्तामाझ फेसनका रूपमा विकास भइसकेको छ ।

१८ देखि ६५ वर्ष उमेर सम्मका मानिसहरु आफ्नो शरिरमा ट्याटु खोप्नैका लागि ट्याटु आर्टिसकहाँ पुग्ने गरेका छन् । शुरु शुरुमा शरिरमा ट्याटु खोपेका मानिसहरुलाई समाजले फरक दृष्टिकोणले हेर्ने गरेका कारण यसप्रति मानिसको खासै आर्कषण नरहेको ट्याटु आर्टिसहरु बताउँछन् । पछिल्लो समयमा ट्याटुप्रतिको मानिसको धारणा सकरात्मक भएकाले यसतर्फ मानिसको आर्कषण बढेको याङ्सी ट्याटु हन्टका सञ्चालक सन्ध्या मास्के बताउनुहुन्छ ।

शुरु शुरुमा ट्याटु खोपेका मानिसदेख्ने वित्तिकै कि त सवारी साधनमा काम गर्ने वा लागूऔषध प्रयोगकर्ता हुन भनेर गलत अर्थले बुझिन्थयो । अहिले डक्टर, वकिल, नेता, कलाकार अनि ट्याटु खोप्नेमा सर्वसाधारण मात्र छैनन्, यसका पारखी सेलीबेटीहरूको संख्या पनि बाक्लै छ । वा सवैले ट्याटु खोप्ने गरेका छन् । १३ वर्षदेखि व्यवसायिकरुपमा यो पेशा थाल्नु भएका मास्केले मासीक ३ देखि ५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ ।

यो आम्दानीले पनि यसप्रति मानिसको आर्कषण बढेको पुष्टि हुने उहाँको भनाई छ । भारतको दिल्लीस्थित डी एण्ड डी ट्याटु आर्टसमा ६ महिने कोर्स तथा दुईवर्षसम्म अभ्यास गर्नुभएका सन्ध्याले यसैको कमाईबाट आफनी ठुलो छोरीलाई चिकित्सक बनाउनुहुदैछ । बाकी दुई सन्तानलाई समेत उच्च शिक्षाका लागि भर्ना गर्नुभएको छ भने जग्गाजमीन, सवारी साधन समेत जोड्नु भएको छ ।

ट्याटु आर्टिसहरुले ट्याटु बनाईदिए वापत कम्तिमा १ हजार रुपैयाँदेखि डेढलाख रुपैयाँमुल्य सम्म लिने गरेका छन् । धेरैले युवतीहरू ग्ल्यामर देखिनका लागि अचेल कम्मर, पिठ्यूँ, तिघ्रा, नाइटो अवि वक्षस्थलजस्ता ठाउँमा हिँड्दा, निहुरिँदा हल्का देखिने गरि ट्याटु बनाउँने गरेका छन् भने युवाहरू आफूलाई जंकी देखिने खालका ट्याटु बनाउने गरेका छन् ।

हात, कम्मर, नाइटो, तीघ्रा, गालालगायतका भागमा विभिन्न प्रकारका आकृति बनाउने गरेको मास्केले बताउनुभयो । ट्याटु हान्न कुनै उमेर, लिङ्गले नछेक्ने भएपनि आफुले १८ वर्षदेखिमाथिकालाई मात्र ट्याटो खोप्ने मास्केको भनाई छ । ट्याटु छालामा बनाइने रंगहरूको कला हो । ट्याटु खोप्न सामान्यतया कलाकारले मेसिन प्रयोग गर्छन् जसले सिलाइ मेसिन जस्तै काम गर्छ । यस क्रममा छालामा बारम्बार एक वा अधिक सुईको प्रयोग गरिन्छ । ट्याटु खोेपिने प्रक्रियाले सामान्य दुखाइ गराउँने ट्याटु आर्टिसहरुको भनाई छ ।

उहाँकोमा ट्याटु खोप्नैका लागि भारतको सिक्किम, दार्जिलिङ्ग, कालेम्पोङ्ग, खर्साङ्ग, आसामलगायतका ठाउँबाट समेत मानिस आउने भएपनि नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले भारतीयहरु बन्द भएको उहाँको भनाई छ । ट्याटु खोप्दा विभिन्न रोग निम्तिने भन्ने गलत सन्देशले समेत कहिले काँहि आफ्नो व्यवसायमा असर पर्ने गरेको भन्दैं व्यवस्थित र सुरक्षित ठाउँमा मात्र ट्याटु खोप्न पनि सुझाव दिनुभयो । एकव्यक्तिलाई प्रयोग गरिएको सुई मसीलगायतका अन्य सामाग्री अर्काे व्यक्तिलाई प्रयोग नगर्ने छालाको रङकै मसी प्रयोग गर्ने उहाँको भनाई छ । अहिले मानिसहरुले आफ्नो पेशा अनुसारको आकृति बनाउने गरेका छन् । जो कसैले पनि उस्को शरिरको ट्याटु देखेर उस्को पेशाको पहिचान गर्दछ । विदेशमा पेशा अनुसार आकृति बनाउने गरेको बताउँदै मास्केले नेपालमा चाँहिलाई नक्कलमात्र गर्ने गरेको जानकारी दिनुभयो ।

अन्य समयको तुलनामा चाडपर्वका बखत अत्यधिक मानिसहरु ट्याटु खोप्न आउने इण्डो एन्कका सञ्चालक एवम् ट्याटु आर्टिस सागर मगरको भनाई छ । उहाँकोमा दैनिक ५ देखि ७ जनासम्म आउने गरेका छन् । ग्रामीणक्षेत्रमा भन्दा सहरी क्षेत्रमा ट्याटु बनाउने फेसन नै चलेको छ ।

विगतको तुलनामा अहिले ट्याटु बनाउने रुचिमा धेरै परिवर्तन आएको उहाँको भनाई छ । उहाँका अनुसार इन्टरनेट र प्रविधिका कारण अहिले ग्राहकहरू गुगलमा सर्च गरेर आफूलाई मनपर्ने ट्याटुको डिजाइन लिएर आउँने गरेको तथा अचेलका युवा भगवान् शिव भगवनको चित्र छातीमा खोपाउन रुची राख्छन् । शरीरमा फूल, कोठी, घाम, जूनका साथै आफ्नो तथा श्रीमानको नाम खोपाउँने गरेका छन् । ट्याटु बनाउँदा थोरै समय लाग्छ तर यदि हटाउँदा ५ देखि ६ महिनासम्म लग्ने आर्टिसको भनाई छ ।

शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो हो । परम्परागत मान्यता र धार्मिक विश्वासका आधारमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने प्रचलन चलि आएको छ । ट्याटु खोपाउनुभन्दा पहिले राम्ररी विचार गर्नुपर्छ । ट्याटुका लागि शरीरको उपयुक्त स्थान सावधानीपूर्वक छनोट गर्नुपर्छ । सबैले देख्ने ठाउँमा बनाउने कि कपडाले छोप्ने ठाउँमा तौल बढ्दा कतिपय भागमा बनाइएका ट्याटु विकृत हुन सक्छ यसकारण पनि ट्याटु खोपाउने बेलामा सोच्नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here