काँग्रेस झापाका सदस्य पदमप्रसाद प्रसाईंलाई मातृशोक

0
666

तुलसीप्रसाद निरौला ,बिर्तामोड  । नेपाली काँग्रेस झापाका सदस्य पदमप्रसाद प्रसाईंलाई मातृशोक परेको छ ।

 

उनकी आमा विर्तामोड –१ निवासी मधुमाया प्रसाईंको कात्तिक २४ गते सोमवार ७९ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।
काँशीनाथ प्रसाईंकी दुईवटी श्रीमती मध्ये कान्छी श्रीमती रहेकी मधुमाया प्रसाईंका तीन जना छोरा ,पाँच जना छोरी रहेका छन् भने जेठी श्रीमती अनमाया प्रसाईका सात जना छोरी रहेका छन् ।

उनीहरुका २४ जना नाती , २३ जना नातीनि , ३० जना पनाती , ३४ जना पनातीनि , दुई जना जनाती र दुई जना जनातीनि रहेका छन् । उनीहरुमध्ये श्रीमान् काँशीनाथ प्रसाईं, जेठी श्रीमती अनमाया प्रसार्ईं र दुई जना छोरीहरुको यसअघि नै स्वर्गारोहण भइसकेको छ ।

स्व.प्रसाईकी तीन जना छोरा –वुहारीहरुमा पदमप्रसाद –इन्दिरा विमली प्रसाईं ,बद्रीप्रसाद –सीता बराल प्रसाईं, सोभित –सलिना पोखरेल प्रसाईं रहेका छन् ।

त्यस्तै छोरी –ज्वाईंहरुमा गंगा –तेजप्रसाद सिटौला , मनकुमारी –देवीप्रसाद सिटौला , दिलकुमारी –कृष्णप्रसाद सिटौला , देवका –चन्द्र थपलिया , धनकुमारी –देवीदत्त सेढाईं , निरु –युवराज भण्डारी , कमला –मनोज अग्रवाल , निरजा –सुरेश शिवाकोटी , भद्रकला –नवराज रिजाल , लक्ष्मी –अशोक शिवाकोटी रहेका छन् ।

स्व.प्रसाईकी तीन जना छोराहरु मध्ये पदमप्रसाद नेपाली काँग्रेस झापाका सदस्य , बद्रीप्रसाद मातृभाग्यरेखा अटोमोवाइल्स प्रालिका उपाध्यक्ष ,सोभित वायोमेडीकल इञ्जिनियर तथा शुभारम्भ सर्भिस ट्रेर्डस प्रालिका संस्थापक अध्यक्ष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here