मोरङमा जुवा खालबाट समतिए १६ जना जुवाडे, व्यापारीदेखि स्थानीय नेतासम्म पक्राउ

0
426

विराटनगर,

मोरङ प्रहरीले जुवा खालबाट १६ जनालाई नियन्त्रणमा लिएको छ। मोरङको रतुवामाई नगरपालिका ८ बाट उनीहरुलाई गएराति पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

स्थानीय सागर बर्तौलाको घरमा भेला भएर कौडा र तास खेलिरहेका अबस्थामा प्रहरीले घर घेरा हाली १ लाख ६९ हजार ६९५ रुपैयाँ नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए। पक्राउ पर्नेमा स्थानीय व्यपारीदेखि स्थानीय नेता कार्याकर्तासमेत रहेका छन्।

प्रहरीले जुवा खेल्न विभिन्न स्थानबाट पुगेका दुई वटा कार र १९ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। विभिन्न ठाउँबाट आएका मानिसहरु भेला भएर जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बर्तौलाको घर घेराहाली उनीहरुलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले एक बुक तास र १६ थान कौडा बरामद गरेको छ भने विभिन्न कम्पनीका १७ थान मोटरसाइकल, को १ च ७३३८ नम्बरका टाटाको कार र बा १४ च २७०३ हुण्डाई कार नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वर्षे डिल्लीराम चौलागाई, ३५ वर्षे मोती पौडेल, ४३ वर्षे रामनाथ मैनाली, ४१ वर्षे देवी प्रसाद पौडेल, ३७ वर्षे रामनाथ नेपाल, ४५ वर्षे हेमलाल प्रसाई र ४० वर्षे नारायण चुडाल रहेका छन्।

त्यस्तै ४४ वर्षे सन्तबहादुर राई, ३५ वर्षे सागर बर्तौला, ४५ वर्षे दिपक ढुंगाना, ४५ वर्षे योगराज घिमिरे, ३८ वर्षे अशोक भट्टराई, ३९ वर्षे राजन हस्ता मगर,, ४५ वर्षे गोपी पराजुली, ३६ वर्षे रविन पोखरेल र २२ वर्षे गणेश श्रेष्ठ पक्राउ परेको प्रवक्ता राईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here