उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–१३ जोगीपोखरीबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका–५ सप्तरीका १९ बर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागूऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो ।
पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।































