झापा ,
सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल एसवीआई बैंकले झापाको बिर्तामोड– ४ मा सञ्चालित परोपकार तथा अनुसन्धान केन्द्रलाई ग्यास गिजरदेखि फ्रिज र वासिङ मेसिनसम्म सहयोग गरेको छ ।

केन्द्रमा रहेका वृद्ध वृद्धाको स्वास्थ्यलाई मध्य नजर गर्दै वैंकले जाडोबाट बच्न भट्टी चुह्लो, थर्मस, समेत सहयोग गरेको छ । वैंकका प्रमुख कार्यकारी निर्देशक दिपक कुमार डे को प्रमुख आतिथ्यमा परोपकार तथा अनुसन्धान केन्द्र पुगेर वृद्ध वृद्धाका लागि स्वास्थ्य उपकरण सहित एक÷एक थान फ्रिज र वासिङमेसिन, तीन थान ग्यास गिजर, एक थान ग्यास चुह्लो,एक थान भट्टी चुह्लो र ४० थान थर्मस प्रदान गरेको वैंकका बिर्तामोड शाखा प्रवन्धक मनोज चापागाईले बताउनुभयो ।

वैंकले सामाजिक उत्तरदायित्व अन्तरगत देश भर नै सामाजिक कार्य गर्दै आएको र बिर्तामोडमा रहेको आश्रमका ज्येष्ठ नागरिकका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका प्रमुख व्यपार प्रर्वधन अधिकृत छवीराज पन्तले बताउनुभयो ।

वैंकले प्रदान गरेको सामग्री परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष विक्रम मादेन सहितका पदाधिकारीले ग्रहण गरेका थिए । वैंकले केन्द्रमा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनगर गर्दै मास्क सेनिटाइज समेत प्रदान गरेको नेपाल एसवीआई वैंक बिर्तामोड शाखाका कर्जा अधिकृत विवेक दाहालले बताउनुभयो ।
सहयोग साहग्री सहास्तान्तरग गर्दै वैंकका प्रमुख कार्यकारी निर्देशक डेले नेपाल एसवीआई वैंकले नेपालमा मात्र होइन विश्वभरि नै यस खाले सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताउनुभयो ।

विश्वका जुनसुकै मुलुकमा पुगेर वैंकले काम गर्दै आएपनि वैंकले परोपकारको काम समेत संघसंगै गर्दै आएको डेको भनाई छ । भारतमा समेत मानव सेवाका क्षेत्रमा वैंकले काम गर्दै आएको डेको भनाई रहेको छ ।




























