‘मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता आवश्यक‘

0
810

झापा,  संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता आवश्यक रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तलमाथि भए संविधान च्यात्नेहरुको मनोवल बढेर जाने उहाँको भनाई छ । हिजो मधेश र पहाडको बीचमा आन्दोलन गर्ने र पूर्व र पश्चिमको बीचमा समेत आयो बल्ने काम भएकाले नेकपा फुट्ने होइन जुटेर जानु पर्ने मन्त्री भट्टराईले बताउनुभयो ।


झापाको बिर्तामोडमा आज सिदार्थ होटल ग्राण्ड सीटी प्रा.लिको उद्घाटन गर्नु हुँदै मन्त्री भट्टराईले नेकपाको सचिवालय बैठकले विवाद मिलाउन नसकेको खण्डमा सचिवालयमा रहेका पदाधिकारीहरुले कडा कदम चाल्ने चेतावनी समेत दिनुभयो ।
गलत अतिवादी सोच भएकाहरुलाई नेकपाले अघि आउन नदिने मन्त्री भट्टराईको भनाई छ । उहाँले नेकपा बीच केन्द्रमा नै भएकाले गलत अतिवादी सोच भएकाहरुलाई अघि आउन दावी गर्नुभयो ।
नेकपाको एकता प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाचाई राख्न र प्रचण्डलाई अध्यक्ष बनाई राख्न नभएको धारणा राख्नुभयो ।
यसैबीच मन्त्री भट्टराईले ५० करोड रुपैयाँको लागतमा तयार गरिएको होटलको उद्घाटन गर्नु भएको छ ।
सिदार्थ हस्पिटालिटीले होटल ग्राण्डसीटी संग व्यवसायिक साझेदारी गर्दै सञ्चालनमा ल्याएको होटलको उद्घाटन गर्नु एको हो ।
होटल थ्री स्टारको स्ट्याण्डरमा रहने र ५१ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमीङ पुल, हेल्थ क्लव, खुल्ला बगैचाँ, सेमिनार हल रुफटप सहित छुट्टाछुट्टै ५ वटा रेष्टुरेन्ट रहने बताइएको छ ।
बिर्तामोड ४ मा स्थापना गरिएको होटलले पूर्वको पर्यटन प्रर्वधनमा महत्व पूर्ण भूमिका निर्वाह गर्ने होटलका अध्यक्ष देबी प्रसाद मैनालीले बताउनुभयो ।
होटल उद्घाटन समारोहमा संघीय सांसद गणेश पहाडी, प्रदेश सांसद एकराज कार्की, उद्योग परिसंघका मीन प्रकाश मैनाली, बिर्तामोड ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी लगायतले पूर्वको पर्यटन प्रर्वद्धनमा होटलको भूमिका महत्व पूर्ण हुने धारणा राखेका छन् । उनीहरुले होटल र पर्यटन व्यवसायीलाई सरकारले राहत दिनु पर्ने सरकारसंग माग समेत गरेका छन् ।
होटलमा १० जनाको लगानी रहेको बताइएको छ । होटल सञ्चालनका लागि देवी प्रसाद मैनाली, गोपाल प्रसाद मैनाली, डा. लक्ष्मीप्रसाद मैनाली, डिल्लीराम मैनाली, होम पाण्डे, चित्र कुइँकेल, कालीदाश देवकोटा, होमप्रसाद मैनाली, सुमन्ता मैनालीको लगानी रहेको बताइएको छ । होटल सञ्चालनको जिम्मा भने सिदाद्र्ध विजनेस ग्रुप अफ हस्पिटालिटीले लिएको कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here