१ नम्वर प्रदेश प्रमुख अधिकारी दम्पत्तिलाई कोरोना

0
603

झापा,

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान स्वाव दिएका प्यासीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
रिपोर्टमा अघिकारीलाई संक्रमण देखिएको स्वकीय सचिव प्रतिक ढकालले जानकारी दिएका छन् । अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा बसेका छन् ।


कोरोनाको सामान्य लक्षण देखिएपछि उनको कोरोना परीक्षण गरिएको थियो । ७२ वर्षीय अधिकारी सहित उनकी ६४ वर्षीया श्रीमती जानुका र एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको सचिवालयले जनाएको छ । यसअघि प्रदेश सरकारका २ मन्त्रीलाई कोरोना संक्रमण भएको थयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here