बिर्तामोडका अशोक खड्काको मलेसियामा मृत्यु

0
1119

बिर्तामोड।

झापाको बिर्तामोड–२ का अशोक खड्काको मलेसियामा मंगलवार सुतिरहेकै अवस्थामा मृत्यु भएको छ ।

मलेसियाको जोहोरभारुमा रहेको टिएसके कम्पनीमा कार्यरत खड्का सोमवार बेहुका खाना खाएर सुतेका थिए ।

खड्काको मंगलवार बिहान मृत्यु भएको खवर आएको परिवार श्रोतले जनाएको छ । अढाई बर्ष अघि बैदेशिक राजगारीको लागी खड्का काठमाण्डौं स्थित बसुन्धरामा रहेको टाइटलिक मेनपावर मार्फत विदेश गएका थिए ।

४५ बर्षका खड्का सोमवार सामान्य छाती दुखेर मेडिकल गएर फर्किएको भएपनि मृत्युको कारण भने खुल्न सकेको छैन । मृतक खड्काको बिर्तामोड नगरपालिका २ मा दुई जना छोरा र श्रीमती रहेको भाई राजकुमार खड्काले इटाइम्स नेपाललाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here