लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनमा महिला प्रहरी अधिकृतलाई सम्मान

0
997

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा झापाको मेचीनगरमा नगरका आधादर्जन संघ संस्थाले सामुहिकरुपमा एक महिला प्रहरी अधिकृतलाई सम्मान गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी सहायक निरीक्षक शोभा पराजुलीलाई मेची उद्योग बाणिज्य संघ, रोटरी क्लब अफ काँकरभिट्टा, ट्राभल संघ झापा, रोट्रयाक क्लब काँकरभिट्टा, इटाभट्टा र राष्ट्रबादी समाज नेपाल केन्द्रिय कार्यालयले सम्मान गरेका हुन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालको सभापतित्वमा भएको सम्मान कार्यक्रममा विश्वमा महामारीका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाम तथा नेपाल प्रहरीको प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवालगायतका नारालाई सार्थक बनाउन सक्रियरुपमा लागि परेको तथा समाजमा हुने विभि हिंसा न्यूनिकरणमा उल्लेखिय योगदान गरेको भन्दैं प्रहरी सहायक निरीक्षक पराजुलीलाई सम्मान गरिएको रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठले बताउनुभयो ।

रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठ, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, ट्राभल संघ झापाका उपाध्यक्ष विजय सुवेदी पेमा तामाङ, रोट्रयाक क्लब काँकरभिट्टाका अध्यक्ष नितेशकुमार सिहं रोट्रयाक क्लब इटाभट्टाका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठले आ आफ्नो संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गदैं अविर खादासहित टीका पहिर्याउनु भएको थियो । कार्यक्रममा बोल्दैं इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले प्रहरी सहायक निरीक्षक पराजुलीले आफ्नो कार्यक्षेत्रमा निक्कै अनुशनसीत र आफ्नो जिम्मेवारी पुरा गर्न सधैभरि दत्तचित्त भएर लागेको बताउनुभयो । उहाँले महिलाले अवसर पाए जस्तासुकै काम गर्न सक्ने बताउनुभयो ।

सम्मान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठ, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, परिवर्तन थिएटरका अध्यक्ष लीला विष्ट, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठलगायतले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी सहायक निरीक्षक शोभा पराजुलीले मेचीनगरका जनतालाई शान्ति सुरक्षा दिन तथा यस्ता महामारीकाबीच पनि अग्रपंक्तिमा रहेर कोभिड १९ को रोकथाम र नियन्त्रणमा सक्रियरुपमा लागेको भन्दैं खुलेरै प्रशंसा गर्नुभएको थियो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित नोभेम्बर २५ देखि आज डिसेम्बर १० तारीखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको थियो । कार्यक्रमको सञ्चालन ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले गर्नुभएको थियो ।

यसैगरी, सोहि अवसरमा विहीबार झापाको मेचीनगरमा जनचेतना मुलक र्याली सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडानम्बर ६ को सहकार्यमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारको नेतृत्वमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा आफन्त नेपाल, साना हातहरु संस्थाको संयुक्त आयोजनमा र्याली सम्पन्न गरिएको हो । माइती नेपाल, विश्व सेवा विस्तार, साहसी महिला संस्था, रोट्रयाक क्लबलगायतका दर्जन बढी संघ संस्था र्यालीमा सहभागी थिए । र्यालीले काँकरभिट्टाको मुख्यः मुख्यः भागको परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here