कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

0
786

झापा ।

पूर्वउप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ ।

शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो। सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १० स्वाब दिइएको र शनिबार कोरोना पुष्टि भएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । नेता सिटौला हाल घरमै आराम गरिरहेका छन् ।

नेता सिटौलाले आफ्नो नजिकको सम्पर्कमा रहेका सबैलाई आवश्यकताअनुसार परीक्षण गर्न र सावधानी अपनाउन पनि सामाजिक संजालमार्फत् आग्रह गरेका छन् । उनले आफूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here