बिर्तामोड ।
वीरता जेसीजको अगुवाईमा झापाको विर्तामोड नपा ४ स्थित अन्धुवा खोलामा फलामे पुल निर्माण प्रारम्भ गरिएको छ ।
विर्तामोड ४ स्थित मातृभूमि टोल विकास संस्था अन्तर्गत विनायक होटल दक्षिण अन्धुवा खोलामा फलामे पुल निर्माण प्रारम्भ गरिएको हो । फलामे पुलको शिलान्यास ज्येष्ठ नागरिक माधवप्रसाद दाहालले गरेका थिए ।
फलामे पुल निर्माण गर्न वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको अध्यक्षतामा अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । समितिको उपाध्यक्ष प्रमिला ढकाल , सचिव दिवाकर प्रसाईं , कोषाध्यक्ष आशिष वन रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रेम नारायण पोखरेल , डिल्ली दाहाल , विनय डाँगी , अजय साहेवाला ,सुरेशकुमार वंशल , छवीलाल वंशल , रोहित प्रसाईं, दिपक मण्डल , कमल पौडेल , प्रेम उप्रेती , अमलेन्द्र विश्वकर्मा , गुरुप्रसाद मैनाली रहेका छन् । त्यस्तै रामबहादुर बस्नेतको संयोजकत्वमा गठन गरिएको अन्धुवा खोला फलामे पुल अनुगमन समितिको सदस्यहरुमा सुवासचन्द्र अग्रवाल र इन्दिरा खरेल रहेका छन् ।

अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मिजाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मातृभूमि टोल विकास संस्थाका अध्यक्ष तथा फलामे पुल निर्माण अनुगमन समितिका संयोजक रामबहादुर बस्नेतले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा विर्तामोड १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे , बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव मेघराज वाँस्तोला पुल निर्माणले यस क्षेत्रका वासिन्दालाई आवतजावतमा सहज हुने बताउँदै आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उक्त फलामे पुल निर्माणले अन्य क्षेत्रवाट आउने वासिन्दा लाभान्वित हुने आशिष वनले बताए ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विकास बस्नेतले गरेका थिए ।































