३८ जनाले गरे रक्तदान

0
976

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

रिभुलेसन युथ क्लबको आयोजना तथा सुखानी शहीद स्मृति प्रतिष्ठान , अर्जुनधारा सरसफाई अभियान , हाम्रो अभियानको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान जीवनदान भन्ने उद्धेश्यले अर्जुनधारा –९ स्थित सुखानी शहीद स्मृति प्रतिष्ठानमा रक्तदान कार्यक्रम गरिएको रिभुलेसन युथ क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले ७३औं पटक रक्तदान गरेका थिए भने रिभुलेसन युथ क्लबका अध्यक्ष सुरेन राईले १९ औं पटक रक्तदान गरेका थिए । कार्यक्रममा ३८ जनाले रक्तदान गरेको हाम्रो अभियानका अभियन्ता विष्णु आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here