बुद्धनगर कल्याणकारी साकोसको दशौं वार्षिक साधारणसभा

0
978

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापाको बिर्तामोड–५ स्थित बुद्धनगर कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा संस्थाको कार्यालयमा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष युवराज प्रसाईंको अध्यक्षता तथा बिर्तामोड –५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा समिति संयोजक ओदराज सापकोटाले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला बचत सहकारी संघ झापाका सदस्य तथा पातालगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल , झापा जिल्ल्ला सहकारी संघकी लेखा समिति सदस्य पम्फा विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक प्रेमकुमार श्रेष्ठ, अभिचन्द्र पोखरेललाई नगद छ हजार रुपैयाँसहित सम्मान गरिएको थियो भने एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये अञ्जना गुरागाईं, सरोजा वन , निशान्त शिवाकोटीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट बचतकर्तामा साधारण बचतकर्ता मेघबहादुर थापा , नियमित बचतकर्ता सुष्मा खड्का , क्रमिक बचतकता राजु श्रेष्ठलाई पुरस्कृत गरिएको थियो भने असल ऋणिमा मोहन उप्रेतीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष युवराज प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार ८४ जना , शेयर पुँजी एक करोड ३० लाख ७३ हजार छ सय रुपैयाँ , निक्षेप संकलन छ करोड ९० लाख सात सय ७७ रुपैयाँ ९४ पैसा, ऋण लगानी तीन करोड ९६ लाख ८ हजार तीन सय ८४ रुपैयाँ ८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

शेयर सदस्यको मृत्यृ भएमा सरयवापत शेयर रकमको आधारमा पाँच हजारदेखि ३० हजार रुपैयाँ उपलव्ध गराउने , कर्जा लगानी गर्दा लिने व्याजदर १६ प्रतिशत र बचतमा दिने व्याज १० प्रतिशत लिने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थालाई प्रविधिमैत्री बनाउँदै लगिने , फाइनान्सको सेवा उपलब्ध गराउने , सदस्यलाई दैवीविपत्ति राहत दिने , सहकारी विशेष उपचार कोष स्थापना गरी गम्भीर प्रकृतिका रोग लागेकालाई ५० हजार रुपैयाँ र दुर्घटनामा परी निधन भएका सदस्यको परिवारलाई ५० हजार रुपैयाँ उपलव्ध गराइने प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा समिति संयोजक ओदराज सापकोटाले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक अग्निदेव लुइँटेलले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पातालगंगा बचत तथा ऋण सहकारी संस्थाका सचिव मोहनविक्रम मल्ल , बुद्धनगर महिला समूहकी अध्यक्ष अञ्जना प्रसाईंलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव देवीभक्त आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here