गौरवशाली साकोसको ११ औं वार्षिक साधारण सभा

0
552

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को ११औंं बार्षिक साधारणसभा शनिवारदेखि कार्यालयमा शुरु भएको छ ।

संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष युवराज बिमलीले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड–५ का कार्यपालिका सदस्य सुरेन राजवंशी, सहकारी संस्थाका सल्लाहकारहरु पार्वता गिरी, इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्यसहित संस्थाका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्व स्व. काशीलाल चौधरीले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा पत्रकार इन्द्रसिंह राजवंशी ,समाजसेवी दुनसरी चौधरीलाई सम्मान गरिएको थियो भने असल बचतकर्ताहरु स्वेच्छा खड्का ,कृष्णप्रसाद कँडेल , मोहनप्रसाद राजवंशी ,केशवकुमार यादव , बालबचतकर्ता आकाश चौधरी , असल ऋणीहरु भिम विश्वकर्मा , गजाधरप्रसाद शाह , सिताराम पंडितलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लवकुमार चौधरीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार चार सय एक जना , शेयर पुँजी ८९ लाख ९२ हजार एक सय ६१ रुपैयाँ ५५ पैसा, निक्षेप संकलन ८ करोड ५८ लाख ५१ हजार सात सय १८ रुपैयाँ ३९ पैसा, ऋण लगानी तीन करोड सात लाख ३९ हजार दुई सय ५८ रुपैयाँ, आम्दानी ६० लाख ४६ हजार ८ सय २६ रुपैयाँ ४१ पैसा र नाफा सात लाख ९२ हजार दुई सय ५८ रुपैयाँ ६४ पैसा रहेको र संस्थाले बिर्तामोड नगरपालिकाको कोरोना कोषमा २५ हजार उपलव्ध गराएको , त्यस्तै लकडाउनको अवधिमा संस्थाले सदस्यलाई ऋणको व्याजमा १० प्रतिशत छुट गर्नुका साथै हर्जनामा छुट गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
,

साधारणसभामा संस्थाले गौरव राहात कोष स्थापना गरी शेयर सदस्यको दुर्घटनामा परि मृत्यु भएमा परिवारलाई २० हजार रुपैयाँ उपलव्ध गराउने , कोरोनाबाट प्रभावित सदस्यहरुलाई ऋण असुलीमा थप भाका दिने , ऋण मिनाह गर्नुपर्ने अवस्था आए संस्थाको विनियम वमोजिम ऋण मिनाह गराउने , छोटो अवधिको कर्जा लगायतका प्रस्ताव अध्यक्ष चौधरीले गरेका थिए । कार्यक्रममा लेखा समिति संयोजक नथुनीप्रसाद साहले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आइतबार साधारण सभाको बन्दसत्र गरिने र बन्दसत्रले रिक्त रहेको संस्थाका सञ्चालक समितिको सचिव , सदस्य र लेखा समितिको सदस्य पदको निर्वाचनद्वारा पदपूर्ति गरिने संस्थाका अध्यक्ष चौधरीले बताए ।

कार्यक्रमको सञ्चालन संस्थाकी पूर्व सचिव मिरा खड्काले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here