ब्राउन सुगर सहित धिमाल पक्राउ

0
311

बिर्तामोड,माघ १३ । झापाको पूर्वी सिमा नाका कांकरभिट्टाबाट प्रहरीले लागु औषध सहित एक ब्यक्तिलाई आज बिहान पक्राउ गरेको छ ।
sb
इलाका प्रहरी कार्यालय कांकरभिट्टाको टोलिले आधा ग्राम ब्राउन सुगर सहित मेचीनगर १ का २८ वर्षिय भिष्म धिमाललाई पक्राउ गरेको हो । सिमावर्ती भारतीय बजार पानीट्याङकीबाट लागूऔषध लिएर आउदै गरेका धिमाललाई शंका लागि चेक जांच गर्ने क्रममा कांकरभिट्टा बस पार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मे ५ प २२०१ नम्बरको मोरसाइकल र उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here