भद्रपुरबाट चोरी भएको स्कुटर फेला

0
798

भद्रपुर ।

भद्रपुरमा चोरीको स्कुटर फेला परेको छ । भद्रपुर नगरपालिका ५ वधशाला नजिकै बस्ने कुमारी मेचेको मे ५ प ७८३९ नम्बरको स्कुटर चोरी भएको थियो ।

उनको स्कुटर घर अगाडीबाटै पुस ४ गते चोरी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरीका अनुसार चोरी भएको स्कुटर मङ्गलवार फेला परेको हो । भद्रपुर ५ स्थित देवीवस्ती बस्ने एक किशोरले स्कुटर कुदाइरहेको अवस्थामा धनीले पहिचान गरी नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।

स्कुटरसहित नियन्त्रणमा लिएका किशोरलाई प्रहरीले सोधपुछ गर्दा झापा चोकको एक जना दाइ कुदाउने दिएको भनी बयान दिएको प्रहरीले जनाएको छ । यता स्कुटर चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको वडाका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here