नेवाः ल्याम्ह पुचः बिर्तामोडको नेतृत्व चयन

0
816

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

नेवा ः पासा मुना पुचः बिर्तामोडको भातृ संगठन नेवाः ल्याम्ह पुचः बिर्तामोडको अध्यक्षमा गम्भीररत्न शाक्य निर्वाचित भएका छन् ।

 

संस्थाको बिर्तामोडमा भएको दोस्रो भेलाले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष विनिता श्रेष्ठ, सचिव सुमित श्रेष्ठ, सहसचिव युसन श्रेष्ठ, कोषाध्यक्ष विनिता श्रेष्ठ (मनिसा )रहेका छन् ।

 

त्यस्तै सदस्यहरुमा बिक्रम श्रेष्ठ, आयुस श्रेष्ठ, प्रबल वैध ,स्मी राजभण्डारी , विवेक श्रेष्ठ, अनिस श्रेष्ठ रहेका छन् भने दुई जना सदस्य पछि थप गरिने बताइएको छ ।

लोकचन्द्र श्रेष्ठ (एलसी) निर्वाचन संयोजक र निलम श्रेष्ठ र पदम श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले समिति चयन गरेको थियो ।

 

नेवा ः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा ज्येष्ठ नागरिक हिराबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेवा ः पासा मुना पुचः बिर्तामोडका सहसचिव मिलन शाक्यले स्वागत गरेका थिए ।

कार्यक्रम संयोजक गीतादेवी श्रेष्ठले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा नेवा ः पासा मुना पुचः बिर्तामोडका पूर्व अध्यक्ष प्रमेश हलवाई , नेवाः ल्याम्ह पुचः बिर्तामोडका निवर्तमान अध्यक्ष रुद्रमणी श्रेष्ठले नवगठित समितिलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन नेवा ः पासा मुना पुचः बिर्तामोडका सचिव कमल श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here