‘दिल दुखायौ तिमिले मेरो’ भन्दै आए लोकप्रिय गायक रुद्रसेन

0
772

झापा ।

कोरोनाको कारण मनोरञ्जन क्षेत्रमा चलचित्रले ठाउँ नपाएपनि म्युजिक भिडियोले ठाउँ पाइरहेको छ।

कोरोनाको जोखिमको कारण पनि दर्शकहरु लाई मनोरन्जन प्रदान गर्ने उदेश्यले विभिन्न गित संगीतहरु सार्वजनिक गरिएको छ। यसैगरी भखरै मात्र बजारमा आएको गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित ‘दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको सो गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ ।

उक्त भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन बराईली र रेणु लिम्बूलाइ फिचर्ड गरिएको छ ।

नीरकुमारी विश्वकर्मा सविना द्धारा निर्मित यस भिडियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here