ऊँ नमः शिवायको आठौ बार्षिक साधारणसभाको क्षेत्र नं. ३ को भेला सम्पन्न

0
650

बिर्तामोड ।

ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को आठौ बार्षिक साधारणसभा अन्र्तगत क्षेत्र नं. ३ को भेला सम्पन्न भएको छ ।

संस्थाले कोरोना महामारीका कारण ६ वटा क्षेत्र निधारण गरी क्षेत्रगत भेला आयोजना गरेको हो । संस्थाले सोमवार ३ नं. क्षेत्रको भेला नेपाल दशनामी समाजको भवन बिर्तामोडमा सम्पन्न गरेको हो ।

संस्थाका उपाध्यक्ष खिलबहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथि नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी रहेका थिए ।

स्वागत लेखा समिति सदस्य घनश्याम गिरीले गरेको कार्यक्रममा अध्यक्ष भरतलाल गिरीद्धारा प्रस्तुत प्रतिवेदन कार्यसमिति सदस्य शंकर गिरीले वाचन गरेका थिए ।

कार्यक्रममा दशनामीका जेष्ठ नागरिक अमरबहादुर गिरी, कार्यसमिति सदस्य वालकृष्ण गिरी, नेपाल दशनामी समाज महिला पूर्व उपाध्यक्ष शारदा गिरी, नेपाल दशनामी समाज महिला सचिव जानुका गिरी, बिर्ता बचत सहकारीका अध्यक्ष सन्तोष गिरीलगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन कर्जा समिति सदस्य अर्जुन गिरीले गरेका थिए । संस्थामा १ हजार ६ सय ३७ जना शेयर सदस्य छन् भने शेयरपुँजी १ करोड ८९ लाख ६९ हजार २ सय छ । संस्थाले आर्थिक बर्ष २०७६÷७७ मा १० लाख ३८ हजार ५ सय ९ रुपैयाँ ५ पैसा नाफा गरेको प्रतिवेदनमा छ । संस्थाले क्षेत्रगत भेलामा भएका छलफल र सुझावमाथि पुस २४ गते बिर्तामोडमा साधारणसभा सम्पन्न गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here