शिवसताक्षी ९ नम्बर वडालाई दाजुभाईले दिए कार्यालय भवनका लागि जग्गा

0
1003

दुधे ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ९ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले जग्गा दान गरेका छन् ।

वडा कार्यपालिकाको कार्यालय भवनलगायत आवश्यक भौतिक संरचना निर्माणका लागि शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का मनकुमार र दिपेन्द्र कडरियाले ४ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । उनिहरुले दान गरेको जग्गा पैतृक अचल सम्पति हो ।

पुर्व पश्चिम राजमार्गको यलम्बर चोक देखि ३ सय मिटर दक्षीणमा कडरिया दाजुभाईले वडाको भवन निर्माणका लागि दिएको जग्गा छ । ‘बुवा आमाको ईच्छा पनि भुमि दान गर्ने थियो,’ छोरा दिपेन्द्रले भने, बल्ल बुवा चन्द्रवहादुर र आमा द्धय रिना माया र डम्बर कुमारीको स्मृतीमा जग्गा दान गर्न पायौंं ।’

‘पहिला कहाँ दिने, कस्लाई दिने भन्ने हामी दाजु भाईमा अन्योल थियो । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष छविलाल पाठकले वडा कार्यालयका लागि जग्गा खोजिरहेको बताएपछि हाम्रो परिवारले वडा अध्यक्ष पाठकको ल्याएको प्रस्ताव स्वीकार गरेको हो,’ दिपेन्द्रले भने ।

शिवसताक्षी नगरमा वडा नम्बर ९ मात्र वडा नम्बर ११ को संयुक्त भवनमा छ । स्थानीय तह गठन भएपछि वडा नम्बर ८,९,१० र ११ दुधे स्थित साविकको सतासीधाम गाविस कार्यालयमा थिए । वडा नम्बर ८ झिलझिले र १० माईधार स्थानान्तरण भएपछि सो भवनमा हाल वडा नम्बर ९ र ११ रहेका छन् ।

कडरिया दाजुभाईले २/२ कट्ठा गरेर ४ कट्ठा जग्गा दिएको वडा अध्यक्ष छविलाल पाठकले जानकारी दिए । उनका अनुसार अब, भवनलगायत आवश्यक भौतिक संरचना निर्माणका लागि बजेटको व्यवस्था गरेर दाताले दिएको जग्गामा वडा कार्यालयको भवन निर्माण हुने छ ।

दाताले दिएको जग्गा शुक्रबार विधिवत रजिष्ट्रेसन पास भएर वडा कार्यालयको नाममा आएको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ को कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here