सिम्रिक साकोसको समीक्षा गोष्ठी

0
1068

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीन दिवसीय समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

 

बिश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा संस्थाको कारोबारमा परेको प्रभाव ,संस्थाले गर्नुपरेको सामना र त्यसबाट निस्किएको परिणाम , अत्याधुनिक प्रविधि अवलम्बन गर्न र सञ्चालक समितिले बनाएको वार्षिक रणनीतिक कार्ययोजनालाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।

 

संस्थाको विभिन्न शाखाका शाखा प्रमुख र विभागिय प्रमुखहरुको सहभागिता रहेको समीक्षा गोष्ठीको सहजीकरण संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत , विभागिय प्रमुख मिनबहादुर अधिकारी ,आईटी विभाग प्रमुख यामबहादुर विष्टले गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख बस्नेतले सिम्रिक साकोसको रणनीतिक योजना , कार्यकारी प्रमुख बस्नेत र विभागिय प्रमुख अधिकारीले सेवाकेन्द्र स्तरीय कारोबारमाथि विश्लेषण , प्रगति समिक्षा , आईटी विभाग प्रमुख विष्टले संस्थाले प्रयोग गरिरहेको सहकारी लेखा राख्ने सफ्टवेर, त्यसका थप सुविधाहरुका बारेमा सहभागि शाखाप्रमुखलाई जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले संस्थाको श्रीवृद्धिका लागी कर्मचारीको भूमिका महत्वपूर्ण रहेकाले संस्थाले निर्धारण गरेको वार्षिक रणनीतिक योजना सफल पार्न शाखाप्रमुखहरुलाई निर्देशन दिए ।

कार्यक्रमको सञ्चालन संस्थाका विभागिय प्रमुख प्रेम वस्नेत बिजयले गरेका थिए ।

 

यसैबीच सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्य सेवाकेन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा ६० हजार रुपैयाँ मृत्यु राहतसहित समवेदना पत्र प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत लगायतको टोलीले घिमिरे निवासमा गएर कर्मचारी एवम् शेयर सदस्यको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्रबहादुर कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here