सबै वडा कार्यालय भवनको शिलान्यास कार्य शुरु

0
577

विराटनगर,

मोरङको बेलबारी नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने कार्य आजदेखि प्रारम्भ गरेको छ ।

एघार वडा रहेको नगरपालिकामा अहिले भौतिक संरचनाको अभाव वडा नं ६, ८, १०, ११, १, २ र ४ वडा कार्यालय कि त भाडामा छन् कि त सार्वजनिक भवन प्रयोग गरेर जनताको सेवामा जुटेको पाइएको छ ।

नगरवासीलाई सेवा र सुविधामा पहुँच पु¥याउन नगरपालिकाले आफ्नै भवन बनाउने नीतिअनुरुप आज वडा नं १ को कार्यालय भवनको शिलान्यास गरेको छ ।

बिहीबारदेखि अन्य सबै भवनको शिलान्यास गरिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले एक भवनका लागि रु ६२ लाख बजेट विनियोजन गरिएको र सातवटै भवन बनाउँदा रु चार करोड ३४ लाख खर्च हुने तथा सबै भवन चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो । एक हप्ताभित्रमा सबै वडा कार्यालयको शिलान्यास गरिसक्ने प्रमुख सुवेदीले बताउनुभयो ।

प्रत्येक भवनमा चार कोठा, दुई सभा हल र शौचालय रहने व्यवस्था मिलाइएको छ । नगरपालिका गाभिएका साविकका डाँगीहाट, बाहुणी र कसेनी गाविसको आफ्नै भवन भएकाले ती भवनमा वडा कार्यालय स्थापना गरी जनतालाई आवश्यकताअनुसारको सेवा प्रवाह गरिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here