प्रदेश १ मा २४० डिस्चार्ज

0
671

विराटनगर,

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २४० जना डिस्चार्ज भएका छन् भने नयाँ २६ जना सङ्क्रमित थपिएका छन् ।

डिस्चार्ज हुने सबै होमआइसोलेसनमा रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार १८० पुगेको छ भने अहिलेसम्ममा सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ७५५ पुगेको छ । प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५७५ छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उल्लेखनीय घटेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमा मोरङ र सुनसरीमा छमध्ये विराटनगरमा दुई, झापा र धनकुटामा चारचार, खोटाङमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ३१७ सहित कूल दुई लाख आठ हजार ४७५ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here