वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिका

0
1063

बिर्तामोड ।

वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिकाआचार्य सिटौलानिर्विरोध निर्वाचितभएकी छिन् ।

बुधवाररातिबिर्तामोडमा सम्पन्नशाखाको १७औं साधारणसभा तथाअधिवेशनबाट सन् २०२१का लागिआचार्य अध्यक्षमा चयन भएकीहुन् । पत्रकारितामाक्रियाशीलउनी नेपालपत्रकार महासंघ झापाको सदस्य समेत छिन् ।

सहमतिकालागि यसअघि उनले उम्मेदवारी फिर्ता लिँदै आएकीथिइन् । अध्यक्षपदकाउम्मेदवारहरु संगीताचिमरिया र कामना उप्रेतीले सहमति र सहकार्यका लागिआफ्नो उम्मेदवारी फिर्ता लिएपछि आचार्य अध्यक्षमानिर्विरोध चयन भएकीहुन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा संगीतागिरी र युनिता दवाडी निर्विरोध चयन भएका छन् । सहसचिवमा सुमित्रा भट्टराई, उपाध्यक्षहरुमादीपाशिवाकोटी, मेनुकाओली, रोजिना पाण्डे र अर्चना रावत चयन भएका छन् ।

जनसम्पर्क अधिकारीमा टीका तिवारी, तालिम संयोजक सेलिसा उप्रेती र शाखा सम्पादकमापवित्रागौतम निर्विरोध चयन भएको निर्वाचनअधिकृत सरु भूर्तेल खनालले जानकारी दिइन् । २०२१की अध्यक्षआचार्यले बुधवारे नै कार्यसमितिको कानूनी सल्लाहकारमा संगीताचिमरिया, महासचिवमाहिमापौडेल र कोषाध्यक्षमाझुमा चुडाललाई मनोनित गरेकी छिन् ।

त्यसअघि सन् २०२०की अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षतामाभएको साधारणसभाको उद्घाटन प्रमुखअतिथि समाजसेवी राजकुमार पोखरेलले गरेका थिए । उनले समाजमा सकारात्मक परिवर्तनकालागि जेसीजअभियानको ठूलो भूमिकाहुने बताए ।

कार्यक्रममा संस्थाकाअध्यक्ष सल्लाहकार पत्रकार उमाकान्तखनाल, नेपालपत्रकार महासंघ झापाकाउपाध्यक्ष एकराजगिरी, वीरता जेसीजकापूर्वअध्यक्षतथा नेपाल जेसीजकापूर्वउपाध्यक्षविशालथापा, शाखाकीपूर्वअध्यक्ष रजनीबजगाई लगायतले मन्तव्य राखेका थिए । अधिवेशननिर्देशक नैनकला भट्टराई र निर्वाचनअधिकृत भूर्तेलले कार्यक्रमबारे जानकारी गराएकाथिए ।

महासचिव संगीतागिरीले सञ्चालन गरेको कार्यक्रममाआस्थावाचन सेलिसा उप्रेती र स्वागतहिमापौडेलले गरेका थिए । अधिवेशनअन्तर्गत विभन्नपदमाउम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुलाई नेपाल जेसीजकापूर्व राष्ट्रिय तालिमआयुक्ततथावीरता जेसीजकापूर्वअध्यक्ष एकराजगिरी र पत्रकार महासंघका जिल्ला सहसचिव केशव भट्टराईले प्रशिक्षण दिएकाथिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here