रमेश प्रसाईंलाई नागरिक अभिनन्दन, नाटक घरलाई १५ लाख

0
1006

बिर्तामोड ।

पब्लिक स्पीकर रमेश प्रसाईलाई झापाको बिर्तामोडमा वुधबार नागरिक अभिनन्दन गरिएको छ ।

झापाको बिर्तामोड–१ देवीपञ्चकन्याउत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजितकार्यक्रममाक्षितिज नाट्य समूहझापाको अगुवाईमा झापालीकलाकारहरुको तर्फबाट पब्लिक स्पीकर प्रसाईलाई नागरिक अभिनन्दन गरिएको हो ।

झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतातथाप्रदेश सांसद जसमायागजमेरको प्रमुखआतिथ्यमाभएको कार्यक्रममानिर्माण व्यवस्थापन समितिका सहसंयोजककुमार भट्टराईले स्वागत गरेका थिए । क्षितिज संगीत साधना प्रतिष्ठान झापाकाकलाकारहरुले स्वागतगीत प्रस्तुत गरेको कार्यक्रममाप्रमुखअतिथिप्रदेश सांसद गजमेरले दान पेटीकामा एक हजार एक रुपैयाँहालेर कार्यक्रमको उद्घाटन गरेकीथिइन् ।

कार्यक्रममाक्षितिज नाट्य समूहझापाको अगुवाईमा तीनदर्जनभन्दा बढी सामाजिक संघसंस्थाले पब्लिक स्पीकर प्रसाईलाई कदर पत्र, नेपाली टोपी, खादा, दोसल्ला र नगदप्रदान गरेर अभिनन्दन गरेका थिए ।

कार्यक्रमअघि पब्लिक स्पीकर प्रसाईलाई नौमतीवाजा, च्याव्रुङ बाजागाजासहित नेवारी, लिम्वू, सन्थाल, राजवंशी, तमुलगायतकाविभिन्न परम्परागत साँस्कृतिक भेषभुसामा सजिएकाझापालीहरुले स्कटिङ गरी झापा नाटकघरमा भित्र्याएकाथिए ।

झापाका प्रसाईले वक्तृत्वको माध्यमद्वारा समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको बताइएको छ ।

कार्यक्रममापब्लिक स्पीकर प्रसाईले क्षितिज नाट्य समूहले अगुवाई गरेर सरकारले समेत बनाउननसकेको झापाको बिर्तामोड–१ देवीपञ्चकन्याउत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गरेको भन्दै प्रशंसा गरेका थिए । झापा नाटक घरलाई देशकै नमूना नाटक घर बनाउनआफू लागीपर्ने बताउँदै उनले यसमा सहयोग गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रममाबहुभाषी, बहुजाती, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणका लागि राजकुमार पोखरेल , ज्ञानुराम प्रसाईं, कुमार भट्टराई, गोपीकृष्ण प्रसाईं, प्रकाशशिवाकोटी, प्रशान्त भण्डारी, मिनप्रकाश मैनाली, पार्वता खरेल विमली, गजेन्द्रबहादुर पौडेल, डिल्लीराम सिटौला, मदन रसाइली, सुजना खतिवडाले एक धुर क्षेत्रफलको जग्गा बरावरको रकम एक लाख एक हजारको चेक प्रदान गरेका थिए ।

त्यस्तै अग्निप्रसाद पाण्डे, भीम राई, कमलसरी राजवंशी, युवराज पाठक लगायतले ५१ हजार रुपैयाँ बराबरको चेक प्रदान गरेका थिएभने ८३ वर्षीया मनमाया पाठकले एक व्यक्ति एक इँटा समर्पण अभियानअन्तर्गत एउटा इँटा प्रदान गरेकीथिइन् ।

सोहीकार्यक्रममामंगलबार गठन गरिएको क्षितिज संगीत साधना प्रतिष्ठानका नवनिर्वाचितपदाधिकारीहरुलाई पद तथागोपनियताको शपथ ग्रहण गराइएको थियो । कार्यक्रममानिर्वाचनअधिकृत नेपालपत्रकार महासंघ झापाकाउपाध्यक्ष एकराजगिरीले क्षितिज संगीत साधना प्रतिष्ठानका अध्यक्ष निरज पोखरेल लगायतकानवनिर्वाचितपदाधिकारीहरुलाई पद तथागोपनियताको शपथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेश सांसद झलकसिंह दर्लामी, बिर्तामोड नगरपालिकाकीउपमेयर पवित्रामहतारा प्रसाई, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल जलकुमार गुरुङलगायतले शुभकामनादिएको कार्यक्रममा सांगीतिक प्रस्तुति गरिएको थियो । कार्यक्रमको सञ्चालनक्षितिज नाट्य समूहझापाका केन्द्रीयअध्यक्षमाधवकल्पितले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here